धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण



हाम्रो इकोनोमि

सिन्धुली । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ ।

कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम कट्टेल ९धुर्मस०ले बताउनुभयो ।

राहत वितरणअघि होटल व्यवसायीले गरेको स्वागत कार्यक्रममा धुर्मसले देशमा अहिले विपत्ति परेको अवस्थामा सबै नागरिक एक ढिक्का भएर देश विकासमा लाग्न आवश्यक छ भन्नुभयो ।

परिवारका सदस्य गुमाउनुपर्दाको पीडामा रहेका व्यक्तिलाई सहयोग आवश्यक रहेकाले सज्जन नागरिकले सामाजिक सेवा र मानवीय धर्म निर्वाह गर्नुपर्ने बेला आएको चर्चा गर्दै उहाँले भूकम्पको घाउमा खाटा नबस्दै प्रकृतिले अर्को विपत्ति थपिदिएकाले सबै नागरिक एक भएर विपत्तिको सामना आग्रह गर्नुभयो ।
आफ्नो पेशालाई थाती राख्दै सामाजिक कार्य गर्दैआएको छु भन्दै धुर्मुसले जोड दिनुभयो, “म एउटा देश विदेशमा परिचित कलाकार हुँ, मलाई धुर्मुस भनेर नचिन्ने यो देशमा सायदै कम होलान, तर डोकामा ढुंगा र माटो बोकेर सेवारत हुँदा सायद तपाईहरुलाई लाग्ला पहिचानका लागि तर कलाकारिता मै मैले पहिचान बनाइएकेको छु अब देश र समाजका लागि युवाले केही गर्ने बेला आएको छ । सामाजिक कार्य भनेको सेवा हो, पेशा हैन हामी सबै मिल्यौ भने नेपाल आफैमा सक्षम भएको देखाउन सक्नेछौ ।”

साउन २८ गते बिहान २ बजे पहिरोमा घरसहित पुरिएर उदयबहादुर खड्काका एक श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको थियो ।
धुर्मुसले उदयका आमा ६५ वर्षीय देवीमायालाई कनपा–६ मा रहेको रामेश्वरधाम मन्दिरमा पुगेर भेट गर्दै विपतमा तपाई एक्लै हुनुहुन्न साथ दिने म छु भन्दै अबका दिनमा सुरक्षित आवसको व्यवस्था मिलाउन लाग्ने समेत बताउनुभयो ।

धुर्मुसले सुरक्षित आवास तथा पुनःस्थापनाका लागि रु ४० हजार सहयोग गर्नुभएको छ । उदयका परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा बसोवास गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...