कुन राज्यमन्त्रीलाई कुन मन्त्रालय ? यी हुन् देउवा सरकारका ५० मन्त्री (नामसहित)



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्दै कांग्रेसका १२ र फोरम लोकतान्त्रिकका ३ गरी १५ जनालाई राज्यमन्त्रीमा नियुक्तीको तयारी गरिरहेका छन्। र मन्त्रालय पनि टुंगो लागेको छ।

कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त हुनेहरुमा शेषनाथ अधिकारीलाई शिक्षा, तप्तबहादुर विष्ट सूचना तथा संचार, नरबहादुर चन्द बाणिज्य, उदयशम्शेर राणा अर्थ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

त्यसैगरी चम्पादेवी खड्कालाई सहकारी तथा गरिवी निवारण, अब्दुल रज्जाक खानेपानी, सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, डिल्ली चौधरी श्रम तथा रोजगार, दिलमान पाख्रीन न्याय कानुन तथा संसदीय व्यवस्था, तेजुलाल चौधरी युवा तथा खेलकूद, सरिता प्रसाई कृषि, अमरसिंह पुन सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाउने छन्।

प्रधानमन्त्री देउवाले आजै अपरान्ह पद तथा गोपनियताको सपथ दिलाउने तयारी भइरहेको छ।

त्यसैगरी फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरुनी पर्यटन र यशोधा लामा भूमिसुधार राज्यमन्त्रीमा नियुक्त हुँदैछन्।

आज थपिएका १५ सहित यी हुन् देउवा सरकारका ५० मन्त्री

सम्माननीय प्रधानमन्त्री
१ श्री शेरबहादुर देउवा उद्योग ; वन तथा भू-संरक्षण; विज्ञान तथा प्रविधि; र शान्ति तथा पुननिर्माण
माननीय उपप्रधानमन्त्री
२ श्री विजयकुमार गच्छदार सङ्घीय मामिला तथा स्थानीय विकास
३ श्री कृष्णबहादुर महरा परराष्ट्र
४ श्री गोपालमान श्रेष्ठ शिक्षा
माननीय मन्त्री
५ श्री गिरिराजमणि पोखरेल स्वास्थ्य
६ श्री ज्ञानेन्द्रबहादुर कार्की अर्थ
७ श्री फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
८ श्री जनार्दन शर्मा गृह
९ श्री प्रभु शाह सहरी विकास
१० श्री जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११ श्री गोपाल दहित भूमिसुधार तथा व्यवस्था
१२ श्री मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
१३ श्री रामकृष्ण यादव कृषि विकास
१४ श्री महेन्द्र यादव खानेपानी तथा सरसफाई
१५ श्री अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
१६ श्री वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
१७ श्री मीनबहादुर विश्वकर्मा वाणिज्य
१८ श्री यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
१९ श्री भीमसेनदास प्रधान रक्षा
२० श्री सञ्जयकुमार गौतम सिँचाइ
२२ श्री टेकबहादुर बस्नेत सामान्य प्रशासन
२३ श्री शिवकुमार मण्डल केवट आपूर्ति
२४ श्री महेन्द्रबहादुर शाही ऊर्जा
२५ श्री आशा कोइराला महिला, बालबालिका तथा समाजकल्याण
२६ श्री सन्तकुमार थारु पशुपंक्षी विकास
२७ श्री मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण

माननीय राज्यमन्त्री

२८ श्री मोहम्मद जाकिर हुसेन महिला, बालबालिका तथा समाजकल्याण
२९ श्री रामसिंह यादव स्वास्थ्य
३० श्री श्यामकुमार श्रेष्ठ गृह
३१ श्री शम्भुलाल श्रेष्ठ ऊर्जा
३२ श्री कर्णबहादुर बि.क. आपूर्ति
३३ श्री छमबहादुर गुरुङ सहरी विकास
३४ श्री गोमा कुवर पशुपंक्षी विकास
३५ श्री वाङदी शेर्पा सामान्य प्रशासन

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...