देउवाको सरकारमा ५० मन्त्री,यी हुन् आज थपिएका १५ राज्यमन्त्री



प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डलमा चौथो पटक विस्तार गरेका छन्।आइतबार तेस्रो पटक माओवादीका ८ जना राज्यमन्त्री नियुक्त गरेको दुई दिनपछि मंगलबार नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ जना राज्यमन्त्रीहरु थप गरेका छन्। यसरी थपिएका राज्यमन्त्रीसहित देउवा नेतृत्वको सरकारको संख्या ५० पुगेको छ।

यसरी कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त हुनेहरुमा शेषनाथ अधिकारी, तप्तबहादुर विष्ट, नरबहादुर चन्द, उदयशम्शेर राणा, चम्पादेवी खड्का, अब्दुल रज्जाक, सीता गुरुङ, डिल्ली चौधरी, दिलमान पाख्रीन, तेजुलाल चौधरी, सरिता प्रसाई, र अमरसिंह पुन रहेका छन्।

उनीहरुको मन्त्रालयबारे अहिले कुनै जानकारी आएको छैन्। प्रधानमन्त्री देउवाले आजै अपरान्ह पद तथा गोपनियताको सपथ दिलाउनु अघि यसबारेमा जानकारी आउने बताइएको छ।

त्यसैगरी फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यशोधा लामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम