आठ सय बाढीपीडित परिवारलाई राहत



हाम्रो इकोनोमि

राजविराज । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ ।
संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत सामग्री वितरण गरेको बताइएको छ । बाढीका कारण सडक बिग्रेकाले मैनाकडेरीको बस्तीसम्म सवारी साधन पुग्न सहज नभएका कारण काठमाडौँबाट ल्याइएको राहत सामग्री बयल गाडामा राखेर तथा टाउकामा बोकेर बाढीपीडितलाई दिइएको प्रालिका प्रबन्ध निर्देशक रामउदार यादवले जानकारी दिनुभयो ।

यस्तै मोहुली नदीको बाढीबाट प्रभावित हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित नहरमा पाल टाँगेर बस्दैआएका सकरदहीका ४० परिवारलाई समेत राहत उपलब्ध गराइएको बताइएको छ ।
करिब दुई साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको सकरपुरा बस्तीमा घरविहीन भएका बाढीपिडितका लागि पनि एक सामाजिक संस्थाले राहत वितरण गरेको छ । भइरोचना फाउण्डेशन काठमाडौँले सो ठाउँका ९८२ घरपरिवारका लागि तीन हजार केजी चामल, दुई सय केजी मुसुरो दाल, दुई सय लिटर खाने तेल, ५० केजी सोयाबिन मस्यौरा र ५० केजी नुन उपलब्ध गराएको बताइएको छ । अहिले पनि बाढीका कारण घरघरमा पानी रहेकाले सो बस्तीका बाढीपीडित तीन ठाउँमा पाल बनाएर बस्न बाध्य भएको बाढीपीडितले बताएका छन् ।

निःशुल्क उपचार

 

चितवन मेडिकल कलेजका विद्यार्थीले बाढीबाट अति प्रभावित क्षेत्रमध्ये सप्तरीको रम्पुरा मल्हनिया र मैनाकडेरीमा तीदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

कलेजका १८ चिकित्सकको एक टोलीले बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई निःशुल्क उपचार गर्ने र औषधि दिने चिकित्सक टोलीमा सहभागी प्रकाश मण्डलले जानकारी दिनुभयो । हनुमाननगर कंकालिनी नगरपािलका–१५ रम्पुरा मल्हनियाका करिब ३५० र मैनाकडेरीका २५० बाढीपीडितलाई जाँच गरी निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा खासगरी सबैभन्दा बढी महिलामा कमजोरी, रक्तचाप कम भएको, हाडजोर्नी दुख्ने, रिंगटा लाग्ने लगायत समस्या रहेको र झाडापखाला, रुघाखोकी र श्वासप्रश्वासका रोगका लक्षण देखापरेको विद्यार्थी फोरम सप्तरीका अध्यक्ष सत्येन्द्रनारायण यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...