राजपा देउवा सरकारमा जाँदै,चार मन्त्रालय दिने यस्तो छ तयारी



सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनता पार्टी सरकार र चुनाव दुवैमा सहभागि हुने बताएका छन् । मन्त्री बस्नेतले राजपा अब सरकारमा समेत सहभागि हुने दाबी गरेका हुन् । उनका अनुसार राजपा चुनाब अघी नै सरकारमा सहभागी हुने भएको हो। यसअघि चुनावमा भाग नलिने अडान गरे पनि अबको चुनावमा राजपा सहभागि हुन तयार भएको सरकारका प्रवक्तासमेत रहेका बस्नेतले दाबी गरे ।मंत्री बस्नेतका अनुसार कांग्रेस र माओबादीले २-२ ओटा मन्त्रालय छोडेर राजपा लाइ दिने तयारी छ।

“उहाँहरु सरकारमा जानुहुन्छ । सरकारमा गएपछि चुनावमा जानुहुन्छ ।” मन्त्री बस्नेतले भने ।
राजपाले संविधान संशोधनको प्रस्तावलाई संसदमा टेबल गरिदिनका लागि आग्रह गर्दै प्रस्ताव आफ्नो पक्षमा वा विपक्षमा जतापट्टी निर्णय भए पनि स्विकार गर्ने प्रतिवद्धता व्यक्त गरेको बस्नेतले बताए । राजपाको माग अनुसार संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरिएको बताउँदै अब राजपा चुनावमा नजानका लागि कुनै पनि कारण नरहेको बस्नेतको तर्क छ ।

संशोधन प्रस्ताव पारित गराउनका लागि सरकारले धेरै कोशिस गरे पनि सफल हुन नसकेको मन्त्री बस्नेतले बताए ।
राजपाका अन्दोलनसँग सम्बन्धित धेरै जसो मागहरु पूरा भइसकेको बताउँदै मन्त्री बस्नेतले आन्दोलनका नाममा अपराधिक घटनामा संलग्नलाई भने छुट दिन नसकिने बताए । यससम्बन्धमा अध्ययन भइरहेको बस्नेतले बताए ।
प्रदेश र संसदको चुनाव एकैपटक गराउनका लागि कुनै पनि समस्या नरहेको मन्त्री बस्नेतको जिकिर छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आएपछि निर्वाचनका लागि चाहिने सबै ऐन कानुनको प्रक्रिया अगाडि बढ्ने मन्त्री बस्नेतले बताए । प्रधानमन्त्री नफर्किएसम्म चुनावका लागि चाहिने ऐन र नियमको टुङ्गो लाग्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

      राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न

    यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २

एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको