देउवाले एकलौटी गरे पछी रामचन्द्रको आक्रोश,पार्टी भित्रै घेराबन्दी पारेर देउवालाई सुताईने



सरकारले आगामी मङ्सिर १० गतेको लागि घोषणा गरेको प्रदेश र संघीय निर्वाचनको मितिलाई लिएर नेपाली कांग्रेसभित्र तिब असन्तुष्टी देखिएको छ ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र संसदीय दलमा समेत छलफल नगरी आफूखुसी निर्णय गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी प्रकट गरेको छ ।

सो समूहका एक प्रभावशाली नेताले भने– प्रधानमन्त्रीले आफ्नै पार्टीभित्र समेत छलफल नगरी सबैलाई अन्यौलमा राखेर निर्णय गर्नु भयो । यसले पार्टीलाई गंभिर क्षति गर्छ ।उनले थपे– देउवाले पहिलादेखि पार्टीभित्र कुनै छलफल नै नगरी निरकुंश शैलीमा आफूलाई प्रस्तुत गरिरहनु भएको छ । यसको हामी प्रतिबाद गर्छौ, अब त्यसै चुप लागेर बस्दैनौ ।

पार्टीका अधिकांश सांसदहरु समेत सरकारको यो निर्णयबाट असन्तुष्ट बनेका छन ।
उनीहरुले पनि सभापतिले कुनै छलफल नगरी आफू खुसी निर्णय गर्ने गरेको गुनासो सुनाए ।
पौडेल समूह यो विचमा पुरक बजेट ल्याएर मात्रै पार्टीभित्रको छलफलपछि मिति तोक्नु पर्ने पक्षमा देखिएको छ ।
सरकारको यो निर्णय विरुद्ध पार्टीभित्र तिब्र बहस चलाउने तयारीमा पौडेल समूह लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम