कोशी बाँध बनाउदा दिने भनेको ५० करोड अहिले सम्म भारतले दिएन,मोदी पगाल्न देउवाले के-के गर्ने भए?



प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ७ गतेदेखि गर्न लागेको मित्रराष्ट्र भारतको औपचारिक भारत भ्रमणका एजेण्डा तय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको राजकिय भ्रमणका बेला उठाउनुपर्ने विषय माथि छलफल गरी बैठकले स्पष्ट एजेण्डा तय गरेको हो।

बैठकले भ्रमणका क्रममा पुराना संन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँध लगायत विभिन्न बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा छलफल गर्न प्रधानमन्त्रीलाई अनुमति दिएको सरकारका प्रवक्ता एवं्ं सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले बताए।
त्यसैगरी कोशी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको भारतीय रुपैया ५० करोड अहिले सम्म उपलब्ध नगराईएको बारेमा कुरा उठाईने भएको छ।

भ्रमणका क्रममा पञ्चेश्वर वहुउद्देश्यि आयोजनाको बारेमा छलफल हुनुको साथै सन् १९५० को सन्धिका असर र प्रभाव तथा दुईपक्षीय सुपुर्दगी सन्धि, नेपाल भारत अन्तरदेशिय रेल सेवा संञ्चालन, वाणिज्य व्यापार तथा लगानी लगायत विषय भ्रमणका क्रममा प्राथमिकतामा राखिने छ।
त्यसैगरी भुकम्प पुर्ननिर्माण प्राधिकरणलाई भारतले दिने भनिएको रकम अहिले सम्म उपलब्ध नगराएकाले अबिलम्ब उपलब्ध गराउन पनि भारतको ध्यानाकर्षण गराईने भएको छ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय