देउवा सरकारका मन्त्री भन्छन-नेपालको मधेश डुबेर केहि हुन्न,तर बिहार डुब्नु हुदैन,उता डूबे चिन्ता लाग्छ



श्रममन्त्री फर्मुल्लाह मन्सुरले तराई मधेसमा भएको डुबानमा भारतको कत्ति पनि दोष नरहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री मन्सुरले तराई मधेशको डुबानलाई लिएर भारतलाई गाली गर्नुको कुनै कारण नरहेको बताए । भारतलाई गाली गर्नु हाम्रो मुर्खता हो । मधेश डुब्छ, अनि दोष भारतको देख्नु कत्तिको जायज हो भनेर प्रतिप्रश्न समेत गरे ।
‘तराई मधेस डुबानलाई लिएर भारतको विरोध गर्नु वा गाली गर्नुको कुनै कारण छैन । डुबान हुनुमा नेपाल आफै दोषी छ ।’ मन्त्री मन्सुरले भने ।
मन्त्री मन्सुरले कोशीको बाँधका ढोकाको कारणले डुबान भएकै होइन । कोशी ब्यारेजको ढोका खोल्दा बिहार डुबानमा पर्छ । त्यतातिर पनि हामीले ध्यान दिनुपर्छ । उनले भने ।
प्रकृतिक विपत्तीसँग सामना गर्न नेपाल आफैले पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिए ।
पैसाको बिटो ल्याएर बदनाम गर्ने प्रयास
श्रममन्त्री मन्सुरले फ्रि भिसा र फ्रि टिकटका विषयमा आफूलाई बदनाम गराउन केही रोजगार व्यवसायीहरू लागेको आरोप लगाए ।
‘फ्रि भिसा र फ्रि टिकट बन्द गराउन लगाएर मलाई बदनाम गराउन केही व्यवसायीहरू लागेका छन् । पैसाको बिटो ल्याएर दिने प्रयास गरेका छन्’, उनले भने, ‘तर, म एकईञ्च पनि बिचलित भएको छैन । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने पनि म मान्दिन । बरु राजीनामा दिन तयार छु ।’ ऋषी धमला

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय