गृहमन्त्रीले बाढीपीडितलाई झुक्याए,दिने भनेको पैसा कहाँ गायब भयो



सरकारले बाढीपीडितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँका दरले राहत दिने भने पनि निर्णय कार्यन्वयन भएको छैन ।शुक्रबार गृहमन्त्री जनार्दशन शर्माले पत्रकार सम्मेलन गरेर शनिबार देखि नै दैनिक ७० का दरले रकम दिइने बताएका थिए । तर पीडितहरूले रकम नपाएको गुनासो गरेका छन् । सप्तरीका तिलाठी कोइलाडी गाउँपालिकाका बाढी पीडित दिपक कुमार वेदले आफूले राहत रकम नपाएको बताए ।

उनले भने, ‘एक हप्ता भयो चिउरा खाएर बाँचेका छौं । बत्ति छैन, लामखुट्टेले साह्रै सताउँछ । सरकारले दिने भनेको राहत रकम पनि पाएका छैनौं ।’

गृहमन्त्रालयले सर्वसाधरणलाई वितरण गर्नको लागि जिल्लामा रकम पठाइसकेको भएपनि स्थानीय प्रशासनले अहिले सम्म पनि रकम वितरण नगरेको हो । स्थानीय प्रशासनको ढिलासुस्तीका कारणले बाढी पीडितहरुले राहत नपाएका हुन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले गृहमन्त्रालयबाट पठाइएको राहात रकम प्राप्त भइसकेको बताए । तर उनले अहिले सम्म रकम बाँड्न नसकिएको स्वीकारे । ‘जिल्लामा करीब २० हजार प्रभावित रहेको अनुमान गरिएको छ तर यकिन तथ्याङक आइसकेको छैन,’ उनले भने, ‘तथ्याकं संकलनकै काममा भएकोले रकम वितरण गर्न नसकेका हौं ।’

जिल्ला दैवि प्रकोप उद्धार समितिबाट टोली बनाएर प्रभावित क्षेत्रमा खटाइएको उनले बताए । ‘अहिले स्थानिय तहका कार्यकारी अधिकृत, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि सहितको टोली घरघरमा पीडितहरुको तथ्याङक संकलन गर्न गएका छन्,’ उनले भने, ‘चाडो नै वास्तविक पीडितहरु पहिचान गरी रकम वितरण गर्छौं ।’
उनका अनुसार बाढी पीडितले राहत रकमका लागि अझै दुई दिन कुर्नुपर्छ । सोमवार उद्धार समितिको बैठक बसेपछि मंगलबारबाट रकम वितरण गर्ने सम्भावना रहेको उनले बताए । खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामाग्री भने वितरण गरिरहेको उनको दावी छ ।

तिलाठीकै स्थानीय वासिन्दा निरजमुक्ति झाले पनि सकारले दिने भनेको राहत रकम अहिले सम्म नपाएको बताए । उनले समाचारहरुमा राहतको बारेमा सुनेको भएपनि राहत चाहिँ नपाएको बताए । ‘समाचारहरूमा राहेको बारेमा सुनेको हुँ, तर अहिले सम्म केही पनि पाएको छैन,’ उनले भने, ‘लगभग सबै बाढी पीडित भोकभोकै छन् ।’

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय