तेस्रो चरणको निर्वाचनमा राजपा आउने विश्वास



धनुषा । प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित दलसँग रहेका छ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नं प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जनकपुरमा आज जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा डा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी हुने जिकिर गर्नुभयो । आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लामा निर्वाचन गराउन सरकारसँग छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले २ नं प्रदेशमा १३६ निर्वाचन अधिकृतसहित अधिकृत, मुख्य निर्वाचन अधिकृत खटाइएको जानकारी गराउँदै सो प्रदेशमा आएको बाढीका कारण तराई– मधेशका जिल्लाको बाटोघाटो अवस्था बिग्रेकाले बाटोको सहज पहुँच दिलाउन सरकारलाई आग्रह गरिसकिएको जानकारी दिनुभयो ।

डा यादवले भन्नुभयो, “ निर्वाचनमा भनसुन तथा लेनदेनको आधारमा हँुदै आएको कर्मचारी नियुक्ति, बालबालिकाको प्रयोगलगायतका विषयमा तेस्रो चरणको निर्वाचनम सूक्ष्म अनुगमन कमिटीले अनुसन्धान र कारबाही गर्नेछ ।”

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्