काठमाडौँ महानगरमा चेक मार्फत घुष खाने क्रम बढ्यो,घुस्याहालाइ किन ज्वाई सम्मान दिन्छन मेयर



जनप्रतिनिधि नभएको मौका छोपी काठमाडौं महानगरपालिकालाई भ्रष्टहरुको अखडा बनाउने कर्मचारीहरुलाई हालैमात्र निर्वाचित भएका मेयरले कारबाहीको दायरामा ल्याउछन् कि झन् पुरस्कृत गर्छन् भन्ने बारे यतिबेला महानगरपालिकामा चर्चाको विषय बनेको छ ।
जनप्रतिनिधि नभएको मौका छोपी महानगरका कर्मचारीहरुले सेवाग्राहीबाट खुल्लम खुल्लारुपमा घुस असुल्ने गरेको पाईएको हो।

काठमाडौं महानगरपालिकाका पियनदेखि लिएर माथिल्ला निकायका कर्मचारीहरुले समेत घुस नपाएको खण्डमा फाइल नै नछुने गर्छन् । विशेष गरी काठमाडौं महानगरपालिकामा बढी घुसको चलखेल हुने नक्सा फाँटमा देखिएको छ । सम्पूर्ण मापदण्ड अनुसार काम गरेका सेवाग्राहीहरुलाई पनि वाध्य पारी नक्सा फाँटका इन्जिनियरहरुले जसरी पनि घुस असुल्ने गरेको हाम्रो इकोनोमीले पत्ता लगाएको छ । अझ रोचक कुरा त के भने काठमाडौं महानगरपालिकाका कर्मचारीले घुसमार्फत सेवाग्राहीलाई महँगो मोवाइल खरिद गराउन लगाउनेदेखि लिएर चेक मार्फत नै घुस असुली गरेको समेत पत्ता लागेको छ । नक्सा फाँटका इन्जिनियरहरु राम थापा, बिरबहादुर खड्काले मापदण्ड विपरित नक्सा पास गरी लाखौं रुपैयाँ असुलउपर गरेका छन् । केही महिना अगाडि मात्रै बालाजुको वाइपासको मुख्य सडकमा करिब १ आना २ पैसा जग्गामा मापदण्डविपरित नक्सा पास गरी घर निर्माण गर्न अनुमति दिएका छन् । सो घरको नक्सा पास गराउन तत्कालिन कार्यकारी प्रमुख रुद्रसिंह तामाङ, प्रशासकीय प्रमुख ज्ञानेन्द्र कार्की, इन्जिनियर राम थापा, इन्जिनियर बिरबहादुर कार्कीले १५ लाख भन्दा बढी घुस असुलेकै कारण मापदण्डविपरित भए पनि नक्सा पास गरिदिएको बुझिएको छ ।

नक्सा फाँटका राम थापा र बिरबहादुर खड्काले नगरविकासले तोकेको मापदण्ड विपरित घर निर्माण गर्न चेकमार्फत् नै घुस असुलेको खोजतलासले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको छ । इन्जिनियर थापाले बालाजु वाइपासस्थित मापदण्ड विपतिर भएको भन्दै महानगरपालिकाले नै लामो समयदेखि घर निर्माण गर्न रोक लगाउँदै आइरहेको राधेश्याम फुयालको घर निर्माण गर्न अनुमति दिनुका साथै नक्सासमेत पास गरी एक लाख रुपैयाँ नविल बैंकको चेकमार्फत घुस असुलेका छन् । थापाले सो घर निर्माण गर्न सेन्टर प्वाइन्टबाट १५ मिटर छाड्नुपर्ने भए पनि ११ मिटरमै नक्सा पास गरेको र व्यापारीक प्रयोजनका लागि सटर राखेको खण्डमा अर्को दुई मिटर छाड्नुपर्ने मापदण्ड भए पनि घुस्याहा इन्जिनियर थापा तत्कालिन कार्यकारी प्रमुख तामाङ र प्रशासन प्रमुख कार्कीको मिलोमत्तोमा फुयाललाई मापदण्ड विपरित नै घर निर्माण गर्न नक्सा पास गरिदिएका हुन् । अहिले पनि फुयालले प्रशासन प्रमुख कार्की र इन्जिनियर थापाको आडबलमा जवरजस्ती मापदण्ड विपरित नै घर निर्माण गरिरहेको समेत नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।

राधेश्याम फुयालका छोरा रमेश फुयालले तत्कालिन कार्यकारी प्रमुख तामाङलाई अहिले चलेको १३२ जीवीको आइफोन र महँगो सामसुङ मोवाइल समेत खरिद गरिदिएको रमेश फुयालले नै बताएका छन् भने प्रशासन प्रमुख कार्कीले पनि १० लाख रुपैयाँ असुलेको उनै फुयालले बताएका छन् । सोही कारण मेरो घर निर्माण गर्न कुनै माइकललालले रोक्न सक्दैन भन्दै फलाक्दै हिँड्ने गरेका छन् । रमेश फुयालले आफ्नो नामको चेक नं. १७६३७३१० बाट राम थापाको नाममा चेक काटि दिएका थिए । सो एक लाख रुपैयाँको चेक २०१६, नोभेम्बर १६ मा १३ः३२ मा नविल बैंंकबाट रकम भुक्तानी लिएको प्रमाणसमेत हामीसँग सुरक्षित छ । पचास हजारदेखि माथिको चेक भुक्तानी लिन आउने व्यक्तिको परिचयपत्रको फोटोकपीसमेत बैंकले लिने गर्छ । सो चेक साट्न जाने व्यक्ति को हो भन्ने स्पष्टरुपमा बैंकमा गएर बुझ्दा पनि प्रष्ट हुन्छ ।

स्मरणीय छ, राम थापाले थापाथलीस्थित ट्रेड टावर निर्माण गर्न स्वीकृति दिलाई दिन्छु भनी पाँच लाख असुलेको र पछि काम गर्न नसकेपछि ट्रेड टावरका संचालक शिव भन्नेले सो रकम माग गर्दा काममा खर्च भयो भन्दै्र पन्छिएको ट्रेड टावरमा अहिले पनि सो घुस काण्डको बारे हल्लीखल्ली छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकाका कर्मचारीहरुका अनुसार भ्रष्ट थापा, कार्की, खड्का र तामाङको घरमा करोडौं रुपैयाँको विदेशी रक्सीको बारसमेत रहेको बताएका छन् ।
त्यसैगरी, काठमाडौं महानगरपालिकाका अख्तियार प्राप्त नभएका व्यक्तिले कार्य सम्पादन मूल्यांकन फारम भरी मनलाग्दी कर्मचारीको नाम सिफारिस गरेका कारण नगरप्रहरीका सई र इन्स्पेक्टरहरु बढुवाबाट बञ्चित बनेका छन् ।
सेवाग्राहीबाट मनलाग्दी रकम असुल्नुका साथै सुरसुन्दरीसँग मस्त रहने काठमाडौं महानगरपालिकाका भ्रष्ट प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की र हरि कुँवरले पैसा र सुरासुन्दरी चढाएकै कारण बढुवाको कार्य सम्पादन मुल्यांकनमै नपर्ने केही नगरप्रहरीहरुको नाम सिफारिस गरेका कारण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सो बढुवा नै बदर गरिदिएको थियो । तिनै कार्की र कुँवरलाई भने मेयर बिद्या सुन्दर शाक्यले ज्वाईलाइ झैँ सम्मान दिने गरेको महानगर श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम