पूर्वराजा ज्ञानेन्द्रका सहायक मन्त्री रहेका देउवाका भुमिसुधार मन्त्रीले यसरी मच्चाए बबाल,मन्त्रीलाई कालोमोसो दल्न को-को कस्सिए



हाम्रो इकोनोमि

भूमिसुधार मन्त्री गोपाल दहितले दाङमा बबाल मच्चाएका छन् ।देउवा सरकारका बबाल मच्चाउने मन्त्रीका रुपमा उनि पहिलो दरिएका छन। मन्त्री दहितले आफू जिल्ला आउँदा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले आफ्नो मान सम्मान नगरेको भन्दै उनीहरुलाई हप्काउनुका साथै गालिगलोज समेत गरेका हुन् । दहित राजा ज्ञानेन्द्र शाहका पालाका सहायक मन्त्री समेत हुन्।

समाचार श्रोतका अनुसार मन्त्री दहितले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख (एसपी) दुर्गा सिंहलाई आफू जिल्ला आउँदा स्वागत गर्ने भीड जम्मा नगरेको तथा लग्जरियस (आरामदायी ) गाडीको व्यवस्था नगरेको भन्दै थर्काएका हुन् ।
मन्त्री दहित आईतबार नेपालगञ्ज हुदै दाङ पुगेका हुन् । मन्त्री जिल्लामा आउने खवरपछि प्रमुख जिल्ला अधिकारीले मन्त्री दहितलाई एउटा सामान्य गाडी पठाएका थिए । दाङका कमलरीहरुलाई परिचयपत्र वितरण गर्ने कार्यक्रममा उनी सिडियो र प्रहरी प्रमुख बिरुद्ध एकाएक कड्किए । उनले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारीलाई थोत्रो गाडी पठाएर आफ्नो अपमान गरेको भन्दै आफू राजधानी फर्केपछि मन्त्रिपरिषदमै कुरा उठाउने र सिडिओको सरुवा नै गरिदिने धम्की दिएका थिए ।

गृह श्रोतका अनुसार मन्त्रीले हप्काएपछि प्रमुख जिल्ला अधिकारीले तत्कालै गृहमन्त्रालयमा जानकारी समेत गराएका थिए । तर, गृह मन्त्रालयले मन्त्रीको सम्मानमा भन्दा पनि बाढीपीडितको राहतमा ध्यान दिन सुझाव दिएको थियो । दहितले तथानाम थर्काए पछी उनलाई कालो झण्डा देखाउने तयारी समेत गरेका छन्। अझ उनलाई कालोमोसो दल्न त्यहाँका बाढीपीडित एकजुट भएको बुझिएको छ। आफुहरुको बिजोक भएका बेला आरामदायी गाडी खोज्ने भन्दै बाढीपीडित मन्त्री संग आक्रोशित बनेका हुन्।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...