राहत वितरण गर्न गएका महतोले एमालेका नेता चोरे,मधेश बिरोधी भन्दै कति एमाले छोडे
असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको चुनाव नजिकिदै गर्दा राष्ट्रिय जनता पार्टीमा प्रवेशको लहर चलेको छ ।
आज मात्र मधेसको कट्टर विरोधी पार्टी मानिएको नेकपा एमाले छाडेर नेता कार्यकर्ता राजपामा प्रवेश गरेका छन् । एमालेसँगै कांग्रेस, माओवादीका नेता कार्यकर्ता पनि राजपामा भित्रिएका हुन । महतो राहत वितरणका लागी त्यहाँ पुगेका थिए।
राजपा नेपालका युवा नेता राजीव झाका अनुसार सिरहाको चौहारवामा आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय अध्यक्ष मण्डलका प्रभावशाली नेता राजेन्द्र महतोले नवप्रवेशीलाई पार्टीमा फुलमाला र टिका लगाई स्वागत गरेका छन् ।पार्टी प्रवेश गर्नेमा मोहन महतो, रामदुलार यादव, योगी पण्डित, रामभरोस महतो, महेन्द्र कर्ण लगायत चर्चित व्यक्तित्वहरु रहेका छन् । उता उपेन्द्र यादबको पार्टी परित्याग गरेर केहिले राजपा प्रवेश गरेको समेत बुझिएको छ।