भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित



हाम्रो इकोनोमि

 

 

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएको हो । समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको हो । समितिको बिहीबारको बैठकमा समितिका सभापति रामहरी खतिवडाले प्रतिवेदन सहितको संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सबै समितिका सदस्यले ताली बजाउदैँ पारित गरेका हुन् । समितिबाट विधेयक पारित भएसँगै अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...