भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित



हाम्रो इकोनोमि

 

 

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएको हो । समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको हो । समितिको बिहीबारको बैठकमा समितिका सभापति रामहरी खतिवडाले प्रतिवेदन सहितको संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सबै समितिका सदस्यले ताली बजाउदैँ पारित गरेका हुन् । समितिबाट विधेयक पारित भएसँगै अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...