यस्तो छ एमाले सचिवालय बैठकको निर्णय



 

 

नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित गरेको छ । आजको सचिवालय बैठकले पुस २१ र २२ को केन्द्रीय कमिटीका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उक्त राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना, नयाँ सरकार गठनपछिको पहिलो बैठक भएकाले कांग्रेससँगको सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरको विश्लेषणलगायतका विषय समेटिएको ज्ञवालीले जानकारी दिए ।

‘सरकार गठनपछिका ६ महिनाको समीक्षा गरिएको छ, सरकारले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको, केही महत्वपूर्ण कामहरू भएको छ । थुप्रै गर्न बाँकी कामलाई छिटो सम्पन्न गर्न । खासगरी डेलिभरीको पाटो, विकास निर्माण, अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजिरहेको विषयमा विश्लेषणसहित अब कसरी अघि बढ्ने भन्ने प्रतिवेदनमा समेटिएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ