बाढी पीडितलाई सरकारले नगदै दिने,एक जनाले प्रतिदिन कति पाउछन?



बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिए पछी बाढीप्रभावित क्षेत्रमा पीडितहरुलाई सीधै नगद बाँड्ने सरकारले निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिए।

‘यो ३० दिनका लागि हो’, मन्त्री शर्माले भने, ‘भोलिदेखि नै पीडितले ७० रुपैयाँ पाउने छन्। यो प्रभावकारी हुनेछ। राहतमा कुहिएको चामल खानुपर्दैन। आफै किनेर खान पाउँछन्।’

उनले गाउँ-गाउँमा पसल भएको र पीडितहरुले किनेर खान सकिने बताए। पसल नहुने स्थानमा खादय सस्थानले बिक्री गर्ने व्यवस्था गर्ने पनि उनले दावी गरे।

बाँकी पुननिर्माण र राहतको लागि पनि काम भइरहेको शर्माले बताए। ‘बाढीले क्षति भएका घरको पुननिर्माण केही महिनामा नै गर्छौँ। यो पटक भूकम्पमा जस्तो हुँदैन’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।