उपेन्द्र यादब र प्रचण्ड पार्टी एकता गर्दै,यसरी मिल्यो तारतम्य



हाम्रो इकोनोमि

बाबुराम भट्टराई संग पार्टी एकता गर्न तम्सिएका उपेन्द्र यादवले प्रचण्ड संग पार्टी मिलाउने भएका छन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको हो ।

भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीसँग एकीकरण प्रक्रिया अघि बढाइ असफल भएको फोरमसँग माओवादी केन्द्रले एकता प्रक्रिया अगाडि बढाएको हो । उसो त माओवादी केन्द्रले नयाँ शक्तिसँग पनि एकताको प्रयास भने गरिरहेको छ ।

भर्खरै अस्पतालबाट डीस्चार्ज भइ टोखामा आराम गरिरहेका बाबुरामलाई भेट्न पुगेका प्रचण्डले एकताको प्रस्ताव राख्दा बाबुरामले उपेन्द्र यादवलाई पनि पार्टी ल्याउनुपर्ने शर्त राखेका थिए । त्यही शर्तअनुसार प्रचण्डले उपेन्द्र यादवसँग दुईपटक वार्ता समेत गरिसकेको तथ्य बाहिरिएको हो ।

प्रचण्डले माओवादीको उत्पत्ति तराई मधेसबाटै भएको र फोरमको धरातल पनि त्यही भएकाले एकीकरणको प्रस्ताव गरेका थिए । उनले बाबुराम पनि पार्टीमा फर्किनेबारे जानकारी समेत उपेन्द्रलाई गराएका थिए । जवाफमा उपेन्द्रले पार्टीमा आन्तरिक छलफल गरेर निर्णय लिने बताएका छन् । स्रोतका अनुसार एकताका लागि सकारात्मक देखिएका उपेन्द्रले पार्टीमा छलफल समेत सुरु गरेका छन् । तर, अहिलेसम्म निर्णय लिन सकेका छैनन् ।

उपेन्द्र एकताका लागि तयार भए प्रचण्ड पार्टीको नाम परिवर्तन गर्न पनि तयार छन् । पार्टीको नाम समाजवादी जोेडेर नयाँ राख्ने तयारी छ । नयाँ पार्टीको अध्यक्ष प्रचण्ड नै रहनेछन् । वरिष्ठ नेता उपेन्द्र यादवलाई बनाइनेछ भने बाबुराम भट्टराईलाई पुरानै ओहदामा राख्ने तयारी छ ।
तीनै दलबीच प्रदेश नम्बर २ को स्थानीय चुनावअगावै एकता हुनसक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...