उपेन्द्र यादब र प्रचण्ड पार्टी एकता गर्दै,यसरी मिल्यो तारतम्य



बाबुराम भट्टराई संग पार्टी एकता गर्न तम्सिएका उपेन्द्र यादवले प्रचण्ड संग पार्टी मिलाउने भएका छन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको हो ।

भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीसँग एकीकरण प्रक्रिया अघि बढाइ असफल भएको फोरमसँग माओवादी केन्द्रले एकता प्रक्रिया अगाडि बढाएको हो । उसो त माओवादी केन्द्रले नयाँ शक्तिसँग पनि एकताको प्रयास भने गरिरहेको छ ।

भर्खरै अस्पतालबाट डीस्चार्ज भइ टोखामा आराम गरिरहेका बाबुरामलाई भेट्न पुगेका प्रचण्डले एकताको प्रस्ताव राख्दा बाबुरामले उपेन्द्र यादवलाई पनि पार्टी ल्याउनुपर्ने शर्त राखेका थिए । त्यही शर्तअनुसार प्रचण्डले उपेन्द्र यादवसँग दुईपटक वार्ता समेत गरिसकेको तथ्य बाहिरिएको हो ।

प्रचण्डले माओवादीको उत्पत्ति तराई मधेसबाटै भएको र फोरमको धरातल पनि त्यही भएकाले एकीकरणको प्रस्ताव गरेका थिए । उनले बाबुराम पनि पार्टीमा फर्किनेबारे जानकारी समेत उपेन्द्रलाई गराएका थिए । जवाफमा उपेन्द्रले पार्टीमा आन्तरिक छलफल गरेर निर्णय लिने बताएका छन् । स्रोतका अनुसार एकताका लागि सकारात्मक देखिएका उपेन्द्रले पार्टीमा छलफल समेत सुरु गरेका छन् । तर, अहिलेसम्म निर्णय लिन सकेका छैनन् ।

उपेन्द्र एकताका लागि तयार भए प्रचण्ड पार्टीको नाम परिवर्तन गर्न पनि तयार छन् । पार्टीको नाम समाजवादी जोेडेर नयाँ राख्ने तयारी छ । नयाँ पार्टीको अध्यक्ष प्रचण्ड नै रहनेछन् । वरिष्ठ नेता उपेन्द्र यादवलाई बनाइनेछ भने बाबुराम भट्टराईलाई पुरानै ओहदामा राख्ने तयारी छ ।
तीनै दलबीच प्रदेश नम्बर २ को स्थानीय चुनावअगावै एकता हुनसक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम