ओली फकाऊन देउवाले खोजे एमालेकै सारथि,साना दललाई दिए यस्तो अफर



हाम्रो इकोनोमि

भदौ ४ गते आइतवार संविधान संसोधन विद्येयक ब्यवस्थापिका संसदमा निर्णयार्थ पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गराउने आन्तरिक कसरतमा बेतोडले जुटेका छन ।
राष्ट्रिय जनता दल नेपालका नेताहरुले संसदीय प्रक्रियाबाट पास फेल जे भएपनि त्यसलाई स्विकारेर तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि हुने सहमति गरेपनि प्रधानमन्त्री भने कुनै पनि हालमा संसोधन पारित गराउँने लक्ष्यसहित कसरतमा जुटेका हुन ।

यसको लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयासलाई तिब्रता दिएका छन । ओली संविधान संसोधनको विपक्षमा देखिएपछि देउवाले एमालेका प्रभावशाली दोस्रो तहका नेताहरु (जसको कुरा ओलीले सुन्छन) लाई फकाउने प्रयास गरिरहेका छन । उनले एमालेका प्रभावशाली दोस्रो तहका नेताहरुसँग निरन्तर अनौपचारिक रुपमा छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

ओली नमानेपछि उनले विकल्पको रुपमा एमालेभित्र संसोधनको पक्षमा बातावरण बनाउने गरी दोस्रो तहको नेतासँगको छलफललाई बाक्लो बनाएका हुन ।
देउवा संसोधन प्रस्तावको पक्षमा भन्दा पनि सरकारले पेश गरेको विद्येयक संसदबाट अस्विकृत हुँदा सरकारमाथि नैतिक प्रश्न र दवाव बढ्ने अनुमानसहित कुनै पनि हालतमा प्रस्ताव पारित गराउने कसरमा जुटेको ऋषी धमलाले आफुलाई थाहा भएको बताएका हुन ।

बालुवाटार स्रोतले सरकारको प्रस्ताव असफल हुँदा सरकारमाथि नै नैतिक प्रश्न उठ्ने र त्यसले भोलीको दिनमा सरकार विरोधी माहौल बनाउने चिन्तामा देउवा रहेको जनाएको छ । देउवा अन्य साना दललाइ पनि राजनीतिक नियुक्ती दिने भन्दै फकाई रहेका छन।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...