आरजुका जासुस सचिब लाई जनार्दनले यसरी हान्दैछन् लात



विभागीय मन्त्री भन्दा पनि प्रधानमन्त्री पत्नी आरजु देउवा प्रति बफादारिता दर्साएर उनले भने बमोजिमका काम मात्र गर्न थाले पछी गृह मन्त्री जनार्दन शर्माले सचिब लोक दर्शन रेग्मीलाइ त्यहाँ बाट खेद्ने तयारी गरेका छन्।

मन्त्रालय मातहतका महाशाखाहरुका प्रमुख फेरिएसंगै गृहमन्त्री जनार्दन शर्माले काममा सहयोग गरेको भन्दै रेग्मी हटाउने तयारी थालेका हुन । मुख्यसचिवको दाबेदार समेत रहेका सचिव रेग्मीलाई तत्कालिन गृहमन्त्री विमलेन्द्र निधीले गृहमन्त्रालयमा ल्याएका थिए । गृहमन्त्री निधीलाई पनि काममा असहयोग गर्दै आएका रेग्मीलाई त्यहि बेला बुढानिलकण्ठसंगको सम्बन्ध भत्काउनमा पनि भुमिका खेलेको आरोप छ । रेग्मीले गृहमन्त्राय मातहतका काममा देउवा पत्नी आरजु राणाको निर्देशन मान्ने तर विभागीय मन्त्रीलाई बाइपास गर्न खोजेको भन्दै उनिसंग रुष्ट थिए ।

गृहमन्त्री जनार्दन शर्माले सचिव रेग्मीलाई गृहबाट हटाउन सुरुदेखी खोजेपनि प्रधानमन्त्री देउवाको आग्रहका कारण उनलाई केही समय जिम्मेवारीमा राखेका थिए । पछिल्लो समय प्रहरीको सरुवा–बढुवामा गृहसचिव रेग्मीले असहयोग गरेको भन्दै मन्त्री शर्मा उनीसंग रुष्ट छन् । शर्माले राष्ट्रिय अनुशन्धानमा आफु निकटका एक दर्जन लाई नियुक्ती गराउन खोजेका थिए। तर अनुशन्धानका हाकिम दिलिप रेग्मी र लोकदर्शनले त्यो हुन दिएनन,हो त्यहि केश पछी पनि मन्त्री शर्मा रुष्ट बनेका हुन्।

उच्च स्रोतले दिएको जानकारीअनुसार रेग्मीको ठाउमा सामान्य प्रशासन मन्त्रालयका सचिव मोहन सापकोटालाई गृहमन्त्रालयमा ल्याउने तयारी मन्त्री शर्माले गरेका छन् । उनि यसअघि सहसचिव हुदा गृहमन्त्रालयमा कर्मचारी प्रशासन महाशाखाको प्रमुख भएर काम गरेका थिए भने सचिव भएपछि पश्चिमाञ्चलको क्षेत्रीय प्रशासकको रुपमा काम गरेका थिए । सचिव शंकर कोइराला पनि लविङमा लागेका छन् । त्यसैगरि संघिय स्थानिय विकास मन्त्रालयका सचिव दिनेशचन्द्र थपलिया पनि गृहमा आउन लबिगंमा छन । उता रेग्मी भने थमौती गराऊन प्रधानमन्त्री र माओबादी अध्यक्ष प्रचण्डको मा धाउन थालेका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय