बाढीप्रभावितलाई राहत वितरण, महामारी फैलने सम्भावना



हाम्रो इकोनोमि

गौशाला  ।  बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर परिवार, पिपरा गाउँपालिका २, ३ र ४ का २५८ घर परिवार, मटिहानी गाउँपालिकाका २०० घर परिवार, जलेश्वर कारागारका ३८२ कैदी र जलेश्वर नगरपालिका–१० का १२५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

उनीहरुलाई चिउरा, भुजा, चाउचाउ, दालमोठ, भुजिया, त्रिपाल र मेट्रेसलगायतका सामग्री विहीबार वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका प्रमुख एवं जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनुभयो ।

बाढीपीडितलाई नेपाल रेडक्रश सोसाइटी, एक्शन वर्क नेपाल, सेभ द चिल्ड्रेन, नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा राहत सामग्री वितरण गरेको प्रजिअ श्रेष्ठले बताउनुभयो ।

यसैबीच, जिल्ला दैवी प्रकोप उद्धार समितिको जलेश्वरमा बसेको बैठकले राहतका लागि आएका खाद्यान्न सामग्री लोहारपट्टी, कोल्हुवाबगेया, गौशाला, सोनमा, सम्सी, भंगहा, पिपरा, बलवा, मटिहानीमा तत्काल वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले राहत सामग्री दाताले आफूखुशी वितरण नगरी जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी वितरण गर्ने निर्णय गरेको छ । जिल्लाको जंघा, रातु, अंकुशी, मरहा, विग्हीलगायतका नदीमा आएको बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएका छन् भने आठ हजार घर परिवार विस्थापित भएका छन् ।

त्यसैगरी, पाँचजनाको मृत्यु र एकजना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

महामारी फैलने सम्भावना

यसैबीच, बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ ।

जलेश्वर–७ स्थित बजराही कुट्टी नजिकै स्थानीय शैलेन्द्र साहले सञ्चालन गर्दै आएको कुखुरा फार्मका एकहजारभन्दा बढी कुखुरा बाढीको पानीमा मरेर सोही ठाउँमा छरिएको अवस्थामा सिंगो बजराही गाउँ नै दुर्गन्धित भएको तथा महामारी फैलने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

बाढीको पानी कम हुँदै गएपछि ती कुखुरा झन्झन् सड्दै गइरहेको र अत्यधिक दुर्गन्ध आउने गरेकाले त्यसबाट विभिन्न किसिमका रोगको संक्रमण बढ्न सक्ने स्थानीय बताउँछन् ।

स्थानीयले कुखुरा फार्मको दुर्गन्धबाट फैलन सक्ने महामारीबाट सिंगो गाउँलाई जोगाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...