धनकुटामा नौ हजार मतदाता थपिए



धनकुटा । प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

साउन १ देखि ३२ गतेसम्म जिल्ला जिल्लाका सातवटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा नौ हजार ३०० समावेश भएका छन् । छुटेका मतादातामध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा मात्र चार हजार १०० मतदाता थपिएको कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनका लागि फोटोसहित नामावली दर्ता गर्न साउन महिनामा १८ वर्ष उमेर पुगेका नागरिकको उत्साहपूर्वक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जनाएको छ ।

सीमित साधनस्रोत र जनशक्तिबाट सातवटा स्थानीय तहका कार्यालयमा फोटोसहितको नामावली तयार गर्न दैनिक १० घण्टा सेवा दिई नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख प्रदीप शाहले बताउनुभयो । दुई निर्वाचन क्षेत्र र सातवटा स्थानीय तह रहेको जिल्लामा साउन १ देखि ३२ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ ।

अधिकांश बसाँई सरी आएका र विदेशबाट फर्किएका युवाले नामावलीमा नाम समावेश गरेका छन् । नामावली संकलनसँगै नाम, ठेगाना, विवरण फरक परेका एवं आफ्नो नाम ठेगाना सच्याउनसमेत निवेदन आह्वान गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्