धनकुटामा नौ हजार मतदाता थपिए



हाम्रो इकोनोमि

धनकुटा । प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

साउन १ देखि ३२ गतेसम्म जिल्ला जिल्लाका सातवटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा नौ हजार ३०० समावेश भएका छन् । छुटेका मतादातामध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा मात्र चार हजार १०० मतदाता थपिएको कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनका लागि फोटोसहित नामावली दर्ता गर्न साउन महिनामा १८ वर्ष उमेर पुगेका नागरिकको उत्साहपूर्वक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जनाएको छ ।

सीमित साधनस्रोत र जनशक्तिबाट सातवटा स्थानीय तहका कार्यालयमा फोटोसहितको नामावली तयार गर्न दैनिक १० घण्टा सेवा दिई नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख प्रदीप शाहले बताउनुभयो । दुई निर्वाचन क्षेत्र र सातवटा स्थानीय तह रहेको जिल्लामा साउन १ देखि ३२ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ ।

अधिकांश बसाँई सरी आएका र विदेशबाट फर्किएका युवाले नामावलीमा नाम समावेश गरेका छन् । नामावली संकलनसँगै नाम, ठेगाना, विवरण फरक परेका एवं आफ्नो नाम ठेगाना सच्याउनसमेत निवेदन आह्वान गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...