पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काइ दिएका छन् । तर स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ र नहरमा पानी खस्न भने दिएको छैन ।
केही दिन अघीको अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ पुरै डुबानमा परेको थियो । नहरको बाँधका कारण डुवानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन् । त्यसो नगर्न प्रसासनले उर्दी गरे पनि त्यसलाई उनीहरुले मानेका छैनन्।
झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८–१० मिटर बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी खसेको छैन । स्थानीय प्रशासनले रोकेको छ ।प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । र भत्काए पनि पनि खस्न नदिने उनले बताएका छन।