पशुपतिलाई भष्म पार्न हेटौडामा राप्रपाको बैठक,राणालाई ४० प्रतिशत पुुर्याउन नदिन यसरी हालिने भो तगारो



हाम्रो इकोनोमि

नेता पशुपतिशमशेर जबराले पार्टी विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक पहिलोपटक आजदेखि हेटौंडामा सुरु भएको छ ।
पशुपति शमशेरसहितका नेताहरुले पार्टी विभाजनको कोशिश गरेपछि निर्वाचन आयोगले गरेको सनाखत र भावी रणनीति बारे बैठकमा छलफल सुरु भएको राप्रपा प्रभावशाली नेता दिलनाथ गिरीले जानकारी दिए ।पार्टीले राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा छोडेको भनेर आरोप खेपिरहेकोले यसबारेमा पनि स्पष्ट पार्ने नेता गिरीले बताए ।

नेता राणा पक्षलाई साउन २९ गते ५ बजेसम्म हस्ताक्षर सनाखतको समय निर्वाचन आयोगले दिएपनि राणा समुहले आफ्ना केन्द्रीय सदस्यहरु कोहि विदेश र कोहि काठमाडौँ बाहिर रहेको भन्दै आयोगमा निवेदन दिएपछि आयोगले भाद्र ४ गतेसम्मको समय दिएको छ ।

यता राप्रपाले भने रित नपुगेको निवेदन खारेज गर्नुको सट्टा आयोगले सनाखत गर्न सुचना जारी गर्नु, आफैंले जारी गरेको सुचना किनारा नलगाइ पुनः सनाखतको समयावधि बढाउनुले निर्वाचन आयोगको विश्वसनीयता कमजोर हुने आरोप लगाउँदै आएको छ।

राप्रपाले विभिन्न शक्ति केन्द्रको दबाब र प्रभावमा निर्वाचन आयोगले निर्णय गरेकोले सो निर्णय दुःखद र विडम्बनापूर्ण रहेको समेत जनाएको छ । जारी केन्द्रिय समितिको बैठकमा पशुपति समुहलाई ४० प्रतिशत पुर्याउन नदिने मुख्य उद्देश्य रहेको नेता गिरीले दाबी गरे ।

त्यसको लागि पार्टी अध्यक्ष कमल थापाले सबै हत्कण्डा अपनाएका छन् । थापा समुहले आफ्नो पार्टी फुटाउन प्रधानमन्त्री समेत रहेका कांग्र्रेस सभापति शेरबहादुर देउवा नै सक्रिय भएको आरोप लगाउँदै आएको छ ।

त्यस्तै हिजो संसदको प्रक्रियामा गएको संविधान संशोधन प्रस्तावको पक्षमा समेत मत हाल्ने वा नहाल्ने भन्ने विषयमा समेत जारी बैठकमा छलफल हुने भएको छ। स्रोतले भन्यो,“कांग्रेसबाहेकका अन्य शक्तिसँग तालमेल गर्नेबारे हामी ओपन छौं, तर कांग्रेसले हाम्रो पार्टी फुटाउने प्रयास गरेको पुष्टि भैसकेको छ, देउवाजीले अघि बढाएको संशोधन प्रस्तावको पक्षमा मत हाल्ने वा नहाल्नेबारे अहिले हामीले निर्णय गरेका छैनौं, यो बैठकमा यसबारेमा पनि निर्णयमा पुग्छौं।”

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...