भारत र चीन उत्रिए हानाहानमा,नेपालले कस्लाई गर्दैछ सपोर्ट?



भारत र चिनबिच दोक्लम क्षेत्रको विषयलाई लिएर विवाद बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । विशेषगरी नेपालको हरेक जसो क्षेत्रमा चासो राख्ने भारत र चिनबिच विवाद हुँदा त्यसको प्रभाव नेपाली राजनीति वृत्तमा परेको हो ।
उत्तर र दक्षिणका दुई छिमेकी देशबिच विवाद हुँदा नेपाली राजनीतिक दल र सरकार अप्ठ्यारोमा परेको हो । यद्यपी सरकारले दुई देशबिचको विवादमा तटस्थ बस्ने बताउँदै आएको छ । तर यतिखेर चिनिया उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा छन् । याङले नेपाली राजनीतिक दलका प्रमुख नेताहरुसँगको भेटवार्तामा दोक्लम विवादमा चिनको समर्थन गर्न आग्रह गरेको बुझिएको छ । यस विषमा विभिन्न दलका नेताहरु पनि विभाजित देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक हप्तामा नै भारत भ्रमणमा जान लागेकाले उनले दोक्लम विवादमा भारतको समर्थन गर्ने सम्भावना धेरै छ । भारतम भ्रमणका बेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई भारतको समर्थन गर्न दबाब दिने आशंका गरिएको छ । पहिलेदेखि नै चिनसँगभन्दा भारतसँग बढि निकट सम्बन्ध रहेको भनिएका देउवा यतिखेर प्रधानमन्त्रीको हैसियतमा रहेकाले खुलेर कुनै पनि देशको समर्थन वा विरोध गर्न सक्ने अवस्थामा छैनन् । यद्यपी सत्तामा रहेका देउवाले स्वार्थ पूर्ति गर्नका लागि पनि भारतको समर्थन गर्ने बताइएको हो । ऋषी धमला

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको