सर्पको डसाइबाट मृत्यु



हाम्रो इकोनोमि

राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका–५ छपकी निवासी मोहम्मद सबिरका तीन वर्षीय छोरा मोहम्मद साहिल रहेको इलाका प्रहरी कार्यालय मोहुलीले जनाएको छ ।

घरनजिकै खेतको आलीमा उत्तानो परेको अवस्थामा बालकलाई भेटेपछि तत्काल उपचारका लागि महुलीस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको दाहिने खुट्टामा सर्पले टोकेको स्थानीयवासीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...