भारत र चिनियाँ सेनाबीच ढुंगा हानाहान



हाम्रो इकोनोमि

श्रीनगर । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ ।

उक्त उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जनाएका छन् । तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि ती अधिकारीले जानकारी गराए ।

ती अधिरकारीका अनुसार चिनियाँ सेनाले उक्त उच्च हिमाली क्षेत्रमा गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेका थिए । पेङ्गोङ् ताल नजिकै रहेका भनिएका भारतीय सैनिकतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले ढुङ्गा प्रहार गरेको ती अधिकारीले जनाएका छन् ।

उक्त सीमा क्षेत्रमा रहेको हिमालय क्षेत्र लादाख, पर्यटकीय आकर्षक मानिएको छ । सोही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल रहेको छ । उक्त भारतीय बलतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले केही समय सम्म ढुङ्गा प्रहार गरेको र भारतीय सीमा क्षेत्रतर्फ प्रवेश गर्ने प्रयास पनि गरेको आरोप ती भारतीय अधिकारीले लगाएका छन् ।

‘यो एउटा सामान्य झडप हो यसबाट कतैतर्फ कुनै क्षति भएको छैन र छोटै समयमा घटना नियन्त्रणमा आइसकेको छ’ आफ्नो नाम नबताउने शर्तमा ती भारतीय रक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताए ।

यस घटनापछि भारतीय र चिनियाँ सेना पनि आ आफ्नो ‘ड्युटी’ मा खटिसकेका छन्– उहाँले भन्नुभयो । उक्त विवादास्पद क्षेत्रमा दुई देशका सेनाको उपस्थितिले केही समय यतादेखि विवाद उत्पन्न हुदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...