राष्ट्रपति र प्रधानम्नत्रीको भेट के भयो वार्ता



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गर्नुभयो ।

अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघसंस्था र निजी क्षेत्रलाई परिचालन गर्न आग्रह गर्नुभयो ।

साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालीन एवं दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम