संविधान (दोस्रो संशोधन) प्रस्ताव आज सदनमा पेश हुने



काठमाडौँ । लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान (दोस्रो संशोधन विधेयक)  २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु हुने कार्यसूची रहेको छ ।

यसअघि उहाँले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

नेपालको संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ ।

संविधान सशोधनको विषयलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आ–आप्mनै ढंगबाट व्याख्या र विश्लेषण गर्दै आएका छन् ।
सत्तापक्षले संविधानको स्वीकार्यतालाई बढाउन संविधान संशोधन आजको अनिवार्य सर्त रहेको जनाउँदै आएकोे छ भने प्रतिपक्षले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसग जोडेर हेर्दैआएको छ ।

कम्तीमा पनि संशोधन प्रस्ताव पारित हुने सुनिश्चिता आवश्यक रहेको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले पनि पछिल्लो समय संशोधन प्रस्ताव निर्णयार्थ हँुदा आउने परिणामलाई स्वीकार गर्ने संकेत गरेको छ ।

संसदबाट सरकार र प्रतिपक्ष दललाई समेत संशोधन प्रस्ताव अघि बढाउनलाई सहजता प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम