कमल थापाका दाहिने हातले लगाए प्रमाणका खात, राप्रपा फुटाउन यसरी बिउ रोपिएछ रातारात



राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले राप्रपा विभाजन गरेर पशुपतिशमशेर राणाले गम्भीर भूल गरेको आरोप लगाएका छन् । उनले भक्तपुर लोकन्थलीस्थित पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द निवासमा भएको सहमति तोड्दै राणाले राप्रपा विभाजन गरेको दाबी गर्दै हठात र छापामार शैलीमा किन राप्रपा विभाजन गर्न नेता राणा उत्प्रेरित भए र कसको प्रेरणबाट यस्तो हुन गयो ? भन्दै प्रश्न गरेका छन् ।
बुधबार बिहान फेसबुकमा लामो लेख लेख्दै श्रेष्ठले राप्रपा विभाजनको कारण खोतल्ने प्रयास गरेका छन् ।

 

उनले पार्टीमा राणाको पोजिसन र सरकारलाई समर्थन गर्नुको कारण खोल्दै पार्टी विभाजन चिरकालसम्म रहस्य र खोजीको विषय रहिरहने उल्लेख गरेका छन् ।

गत साउन २२ गते राप्रपा संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको निवास लोकन्थलीमा अध्यक्ष कमल थापा, नेता चन्द र वरिष्ठ नेता पशुपतिशमशेर राणाको बैठकले राणाकै इच्छा र प्रस्तावबमोजिम (१) बाँकी मनोनयनमा नौ केन्द्रीय सदस्य दिने (२) निर्देशन समितिको अध्यक्ष दिने (३) चुनाव चिन्हबारे लचिलो हुने (४) कार्यसम्पादन समितिमा सल्लाहबमोजिम सदस्य थप गर्ने (५) पार्टीका निर्णयहरूमा राणासहितको सुझाव लिइने सहमति भएको थियो । यसबारे नेता राणाले साथीहरूसँग छलफल गरेर अर्को बैठक साउन २३ गते बिहान १० बजे बस्ने गरी टुंगो लागेको थियो, तर हठात र छापामार शैलीमा साउन २२ गते नै पार्टी विभाजन जस्तो गम्भीर र जघन्य भूल गर्न राणालाई कसले उत्साहित ग¥यो ? यस पछाडिका रहस्य के छन् ? कसको प्रेरणाबाट यस्तो हुन गयो ?

नेतृत्वको रूपमा अध्यक्ष कमल थापाका पनि कमीकमजोरी हुनसक्छन्, तर पार्टीको समस्या पार्टीभित्रै बसेर मिलाउन सकिन्थ्यो, हजारौं कार्यकर्ता र लाखौं शुभेच्छुक र शुभचिन्तकको इच्छा, चाहना र भावनाविपरीत हुर्कदै र आशालाग्दो हुँदै गएको नेपालको राष्ट्रवादी शक्तिलाई विभाजित गर्न जीवनको उत्तराद्र्धमा नेता राणालाई बाध्य कसले बनायो ?

स्मरणीय के छ भने गत असार २९ गते नै पार्टी विभाजनको सूचना प्राप्त हुनासाथ अध्यक्ष कमल थापाले पार्टी जोगाउन विधानबमोजिम ४२ केन्द्रीय सदस्य मनोनयन गर्नुभयो, पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आउनु भएका अध्यक्ष थापाले मनोनयन गरेका ४२ मध्ये १६ जनाले साउन २२ को पार्टी विभाजनमा राणा पक्षलाई समर्थन गरेका छन्, एकलौटी मनोनीत गरेको भए १६ जनाले कसरी राणालाई समर्थन गरे त ? एकलौटी गरेको भए महाधिवेशनपछि गठित कार्यसम्पादन समितिमा १७ मध्ये ११ र पदाधिकारीमा ६० प्रतिशत बढी राणा पक्षलाई दिएको होइन ?

पार्टी एकताअघि दिपक बोहरा र विक्रम पाण्डे सरकारमै थिए । फागुनको महाधिवेशनपछि कि दुई मन्त्री फिर्ता बोलाउने कि थप मन्त्री पठाएर सरकारमा पार्टीको उपस्थिति गहकिलो बनाउनुपर्ने थियो । भर्खरै एकता भएको र एकता महाधिवेशन भएको महिना दिनमै पार्टीमा संकट नआओस् भनेर दोस्रो विकल्प रोजियो ।

संविधान संशोधन स्विकार गर्ने र बिनासर्त शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन पनि नेता राणाकै प्रस्तावबमोजिम भएको थियो, फागुनमा सरकारमा सहभागिता, संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय र देउवा सरकारलाई समर्थनको नेता राणाको प्रस्तावलाई स्वीकार गर्दा अध्यक्ष कमल थापाले राजनीतिक रूपमा कुन मूल्य चुकाउनु परेको छ र उनको व्यक्तित्वमा कति क्षयीकरण हुन पुगेको छ भन्ने दुनियाँलाई थाहा छ । तर पनि पार्टी जोगाउन सकिएन, जोगिएन ।

आफू अलोकप्रिय बनेर पनि, आफ्नो स्वभावविपरीत सम्झौता गरेर पनि पार्टी जोगाउन अध्यक्ष कमल थापाले हदैसम्म प्रयास गरेकै हुन् । तर केही देशी विदेशी शक्तिकेन्द्र र आफू निकटका स्वार्थी, पदलोलुप र एक थान मन्त्री पदका लागि ज्यानै फाल्ने झुन्डहरूको दबाब र प्रभावमा परेर नेपालको राष्ट्रवादी आन्दोलनलाई कमजोर पार्न संस्थापकसमेत रहनु भएका आदरणीय नेता पशुपतिशमशेर राणा स्वयं किन लाग्नु भयो भन्ने चिरकालसम्म रहस्य र खोजीको विषय रहिरहनेछ।मोहन श्रेष्ठ लाइ उल्लेख गर्दै मिडिया एनपीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम