वीरगंजबाट हेलिकप्टरमा राहत सामग्रही ढुवानी



हाम्रो इकोनोमि

पर्सा । मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ ।

मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगंजबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगंजबाट संकलन गरेको राहत सामग्रीलाई हेलिकप्टरबाट ढुवानी गरी पर्सा, रौतहट र सर्लाही जिल्लाका बाढीपीडितसम्म पु¥याएको हो ।

एक सातादेखि ढुवानको समस्या खेपिरहेकामध्ये तराईका बाढिपीडितलाई राहत सामग्री चाडो भन्दा चाडो उपलब्ध गराउने सरकारको निर्देशनअनुसार वीरगंजलाई आधार बनाइ संकलित राहत तथा उद्धार सामग्रीलाई प्रभावित क्षेत्रसम्म पु¥याउन तीनवटा हेलिकप्टरको प्रयोग गरिएको छ ।

बाढीपीडितकालागि वीरगंजबाट संकलित दाल, चामल, खानेपानी, चिउरा, चाउचाउ, दालमोठ, भुजिया, पाल र खाना पकाउने भाँडा गरी नौ हजार किलो सामग्री बाढी प्रभावित क्षेत्रमा पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनुभयो ।

उहाँले वीरगंजको बरख गणमा रहेको हेलिप्याडबाट बुधबार राहत सामग्री राखी तीन वटा हेलिकप्टरले नौ पटक उडान भरेको बताउनुभयो ।

ती राहत सामग्री पर्साको ठोरी, रौतहटको समानपुर, मौलापुर र सर्लाहीको खैराहवा र छनौटामा पु¥याइएको छ ।

दैवी प्रकोप उद्धार समितिले वीरगञ्जबाट २५ हजार किलो राहत सामाग्री संकलन गरेकामा नौं हजार किलो सामग्री पु¥याए पनि बाँकिरहेका १६ हजार किलोराहत सामग्री आज बिहानैबाट आवश्यक स्थानमा पु¥याइने सहायक प्रजिअ पौडेलजानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...