डुबान भएका स्थानमा राहत र उद्दारका लागी राजधानी र अन्यत्र बाट सयौको संख्यामा मानिसहरु पुगेका छन। २ दिन यता बाट सयौ सहयोगी हात हरु त्यहाँ जुटिरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले राजपाको मधेसका जिल्लाहरूमा जानै नसकिने अवस्था भएकाले तत्काल डुबान भएका स्थानमा शीर्ष नेताहरू नगएको प्रतिक्रिया दिएको छ । एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफूहरू काठमाडौंमा बसेर उद्धार र राहतका लागि दवाव दिइरहेको बताए । ‘डुबान क्षेत्रमा कसरी जाने । जानै सकिँदैन’, उनले भन्नुभयो, ‘हामी शीर्ष नेताहरू काठमाडौंमा बसेर निर्देशन दिइएका छौँ । राज्यलाई उद्धार र राहतका लागि दवाव दिएका छौँ ।’ उनले भने ‘अध्यक्षमण्डलको बैठक बसेर बाढी पीडितलाई सांसदहरूको एक दिनको तलव दिने निर्णय भएको छ ।’ तर मधेश डुब्दा राजकिशोर सहितका नेता भने काठमाडौँमा हाइ काढेर बसिरहेका छन।