महासंघको दुर्घटना बीमाप्रति पत्रकारको आकर्षण कम



हाम्रो इकोनोमि

नेपाल पत्रकार महासंघले सञ्चालन गरेको ‘पत्रकार दुर्घटना बीमामा पत्रकारको आकर्षण देखिएको छैन ।

महासंघ र सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना विभागले सञ्चालन गरेको दुर्घटना बीमामा पत्रकारको आकर्षण नबढेको हो । २०७२ सालबाट सञ्चालन भएको दुर्घटना बीमा करिब १० हजार पत्रकारमा अहिलेसम्म एक हजार ७७० जनाले मात्र बीमा गरेको कार्यालय सचिव शेषराज खतिवडाले बताए ।

महासंघका धेरै पत्रकार आवद्ध भएपनि संख्यात्मक रुपमा बीमा गराउने पत्रकारको संख्या बढेको छैन । वर्षेनी महासंघको सदस्यता र सूचना विभागको प्रतिनिधिपत्रको नवीकरण गर्नुपर्ने र बीमाको पनि नवीकरण गर्नुपर्ने झण्झटका कारण उल्लेख्य रुपमा पत्रकारले बीमा नगराएका हुन् ।

उनका अनुसार २०७२ सालमा ९१७ जना, २०७३ सालमा ५४४ र २०७४ सालमा अहिलेसम्म ३०९ जनाले दुर्घटना बीमा गरेका छन् । महासंघमा नवीकरण गरेको सदस्यता र सूचना विभागबाट प्राप्त प्रेस प्रतिनिधिपत्रका आधारमा दुर्घटना बीमा महासंघले गरिदिने गरेको छ ।

महासंघले आफ्ना सदस्य भएका पत्रकारलाई प्रतिवर्ष ८५ रुपैयाँमा दुर्घटना बीमा गरे तापनि पत्रकारको आकर्षण बढ्न नसकेको हो । वार्षिक रु ३३९ ले बीमा कम्पनीलाई बुझाउनुपर्ने भए तापनि सूचना विभागले ७५ प्रतिशत र बीमाकर्ता पत्रकारले २५ प्रतिशत ब्यहोर्ने गर्दछन् ।

एनएलजी इन्सोरेन्स कम्पनीमार्फत महासंघले रु पाँच लाखबराबरको पत्रकारको दुर्घटना बीमा गर्दै आएको छ । बीमा गराएका महासंघका सदस्य मृत्यु भएमा रु पाँच लाख र घाइते भएको प्रकृतिअनुसार दुई लाखसम्म दिने गरेको महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमले बताए ।

महासंघका अध्यक्ष डा महेन्द्र विष्टले तुलनात्मक रुपमा दुर्घटना गराउनेको संख्या नबढेको र पत्रकारले आफ्नो सरोकारका विषयमा त्यति ध्यान नदिने भएकाले पनि संख्या वृद्धि हुन नसकेको बताए ।

‘‘मैले पनि यति निम्न संख्यामा मात्र पत्रकारले बीमा गर्लान् भन्ने सोचेको पनि थिएन’’उनले भने–‘‘ कतिपय ठूला मिडिया हाउसले आफँै पत्रकारको दुर्घटना बीमा गराउने भएकाले पनि कमी आएको हो ।’’

उनले पहिलेको तुलनामा पत्रकारले चासो राखेको भन्दै अब दुर्घटना बीमासँगै स्वास्थ्य बीमा पनि ल्याइने बताए । दुर्घटना बीमा उपसमितिका संयोजक समेत रहेका कोषाध्यक्ष गौतमले अपेक्षाअनुसार बीमा गराउने पत्रकारको संख्या नबढेको बताए
शाखामार्फत पटक÷पटक आह्वान गरेको भए तापनि दुर्घटना बीमा नगराउनु दुःखद् भएको गौतमको भनाई छ ।

महासंघका काठमाडाँै शाखा अध्यक्ष सन्तराम विडारीले दुर्घटना बीमालाई जीवन बीमाको रुपमा लैजान सके पत्रकारको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेताको हैसियतामा पूर्णबहादुर र शेखरलाई सानेपामा छुट्टै कार्यकक्ष

    नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा....

मंसिरका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती...

ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...