राहत वितरणमा पनि भागबण्डा,कांग्रेस-माओबादीले यसरी कब्जा गर्दैछन् २ नम्बर प्रदेश



असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय चुनाब लाई ध्यानमा राखेर राहत वितरण गर्ने सत्ताधारी दलहरुको तयारी रहेको छ। जनमत आफु तर्फ पार्न अनेक दाउ सहित राहत वितरण हुन लागेको छ। कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री देउवा २ नम्बर प्रदेश केन्द्रित भएका छन।

बाढी पहिरोमा परी मृत्यु भएका परिवारजनलाई सरकारले २ लाख दिने घोषणा गरेको छ । दुई लाख रकम दिन कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरु भागबन्डा गरी जिल्ला पुग्ने भएका छन् । २६ जिल्लामा १० जिल्ला माओवादी केन्द्र र १६ जिल्लामा कांग्रेस मन्त्रीहरु पुग्ने भएका छन् । पीडितहरुलाई सरकारको एकद्धार प्रणालीबाट राहत प्रधान नगर्ने भएको छ ।

आइतवार गृहमन्त्री जनार्दन शर्मा ढुवान क्षेत्र हेर्न नेपालगन्ज पुगे । उनले त्यस आसपासका क्षेत्रको हवाइ अवलोकन पनि गरे । तर बाँकेसँगै रहेको बर्दिया चन्दनपुरका सयौ नागरिक ६० घण्टाभन्दा बढि समय बाढीमा फसेका छन् । उनीहरुको उद्धार गर्न गृहमन्त्रीले चासो दिएनन् ।

आज र प्रधानमन्त्री शेरबहादुर देउवा बारा, पर्सा, रौतहट निस्किएका छन् । तर उनी सवैभन्दा बढि प्रभावति मोरङ्ग भने पुग्नेछैनन् । उनीसँगै कांग्रेसमन्त्रीहरु पनि जाने कार्यक्रम तय गरिएको छ । अझै पनि सयौ नागरिक बाढीमा फेसका छन् । उनीहरुको उद्धार गर्नेतिर सरकारले कुनैपनि चासो दिएको छैन ।
बाढी पहिरोमा परेका नागरिकको उद्धार गर्न जति ढिलो सरकारले गरयो, त्यति नै ढिला बिस्थापितहरुलाई राहत दिनमा ढिला गरेको छ । सरकारले राहत दिन नसकेपछि विस्थापितहरु भोकभोकै बस्न बाध्य भएका छन् । अहिले सम्म ७० को ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय