बाढीपहिरोबाट हालसम्म ६६ जनाको ज्यान गयो,प्रधानमन्त्री निस्किए भ्रमणमा



गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ। गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् ।

रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार/चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन/तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई/दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन/तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएका छन्।

विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ। बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ। राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ।

यसै बीच प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न निस्किएका छन् । पूर्वी तथा मध्य तराईका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा सोमबार मध्यान्ह काठमाडौंबाट हेलिकप्टर मार्फत निस्किएका हुन् ।

लगातारको वर्षापछि केही दिन यता आएका आएको बाढीले पूर्वी तथा मध्य तराईका अधिकांशका भूभाग डुबानमा परेका छन् । बाढीबाट करिब ७० जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । साथै हजारौँ बाढीमा फसेका छन् भने लाखौं प्रभावित भएका छन् ।

गृहमन्त्री जनार्दशन शर्मासहित प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न लागेका हुन् ।यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा ज्यान गुमाउनेको परिवारलाई दुई लाखको दरले राहत दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम