किन चिनिया उपप्रधानमन्त्रीले ओली र प्रचण्ड भेटे पछी मात्र देउवालाई भेट्दैछन्,यस्ता छन् कारण र कार्यक्रम



आज नेपाल आउने चिनियाँ उपप्रधानमन्त्री वाङ याङले प्रधानमन्त्री शेरबहादुर देउवा भन्दा अगाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्ने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका नेपाल भ्रमणमा आउन लागेका हुन ।

६२ बर्षीय याङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । स्रोतका अनुसार भ्रमणका एजेण्डा माथि विभिन्न तहमा मन्त्रालय र अन्तरमन्त्रालयका वीचमा छलफल भइरहेको छ ।

आज(सोमबार) साँझ ६ः१५ बजे काठमाण्डु विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । उनले आज कसैसँग पनि भेट गर्ने कार्यक्रम नरहेको र भोली (मंगलबार) ११ बजेदेखि १२ः३० सम्म उपप्रधानमन्त्री विजय कुमार गच्छदारसंग होटल सोल्टीमै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी १२ः३० देखी १ बजेसम्म उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपाल र चीनबीच एक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

साथै उनले पहिले प्रचण्डसँग भेट गर्ने र ओलीलाई भेट्ने छ । उनले दिउँसो ३ बजेदेखी ४ः४० बजेसम्म पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट्ने छन् । उनले दुवै नेतालाई ४०–४० मिनेट समय दिनेछन् ।

मंगलबारको समय तालिका सकिएपछि उनले बुधबार बिहान ९ः३० बजेदेखि साढे १० बजेसम्म स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसंगै किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

साथै ११ः३० बजेदेखि १२ः३० बजेसम्म उपप्रधानमन्त्री वाङ र नेपालका उद्योग–व्यवसायीबीच १ घण्टा छलफल हुने बताइएको छ ।

दिउँसो ३ बजेदेखि ४ः४५ बजेसम्म प्रधानमन्त्री देउवा र वाङबीच ४५ मिनेट प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

त्यसै गरी ४ बजेदेखि ४ः४५ बजेसम्म राष्ट्रपति विद्यादेखी भण्डारीसंग ४५ मिनेट शितलनिवासमा भेटवार्ता हुने छ ।

चीन र भारतबीच डोक्लाममा सिमा विवाद चलिरहँदा उपप्रधानमन्त्री याङको नेपाल भ्रमण हुनुलाई महत्वका साथ हेरिएको छ ।

बिहिबार बिहान ८ बजे चिनियाँ विशेष विमानबाट उपप्रधानमन्त्री वाङ स्वदेश फिर्ता हुने कार्यक्र भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय