नारायणीमा पनि पानीको बहाव खतरा नजिक



पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ ।

नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करिब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मि पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हँुदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो । जिल्लामा हुन सक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

    चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका

आज राष्ट्रिय सभा बैठक बस्दै

    राष्ट्रिय सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक संघीय संसद भवन,

अब देश अघि बढ्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई

एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ

    एमाले पूर्वी नवलपरासीको अध्यक्षमा जीवन श्रेष्ठ चुनिएका छन् । नवौं अधिवेशन सुरु