संसद बाटै एमालेले बाँध नखोलेकोमा भारतलाई दियो दनक,किन जरुरी सार्वजनिक महत्वको प्रस्ताब दर्ता गरायो?



हाम्रो इकोनोमि

लगातारको बर्षाले बाढी पहिरोले जनधनको क्षति बढ्दै गएपछि संसदमा नेकपा एमालले जरुरी सार्वजनिक महत्वको विषय दर्ता गरेको छ । सरकारलाई उद्धार र राहतका लागि दबाब दिनका लागि संसदमा प्रवेश गरेको एमालेका नेता भीम रावलले जानकारी दिए । रावल आफैले नै प्रस्ताव गरेको विषयलाई सासंदहरु ऋषिकेश पोखरेल, शत्रुधन महतो र कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् ।

प्रस्तावमा बाढी पहिरोले नागरिकको ज्यान गएको र लाखौँ जनता विस्थापित भएकाले प्रस्ताव दर्ता गराइएको रावलको भनाई छ । तराई क्षेत्रमा डुबानको समस्या बढ्दै गएकाले राहत, उद्धार लगायतका कार्यलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण समेत गराइएको नेता रावलले भने । बाढीबाट भाइते भएकालाई उपचारको व्यवस्था र विस्थापितलाई खाने र वस्ने व्यवस्था गर्नु अत्यन्त जरुरी देखिएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा रावलले जोड दिए ।
रावलले नेपाल भारत सिमानामा बनाइएका बाँध र तटबन्धले नेपालीलाई दुःख दिएकाले अब दीर्घकालिन रुपमा समस्या समाधानका लागि सरकार अग्रसर हुनुपर्ने रावलको तर्क छ । दुई देशबिचको समन्वयमा नीतिगत परिवर्तन गर्नका लागि ध्यानाकर्षण प्रस्तावको रुपमा जरुरी सार्वजनिक महत्वको विषय दर्ता गरिएको रावलले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...