बाढीपहिरो पीडितका लागि उपचार चाहिए ९८५१०९६०८९ मा सिधै फोन गरौ : मन्त्री पोखरेल



हाम्रो इकोनोमि

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बाढीपहिरो पीडितलाई स्वास्थ्यमा केही समस्या परे सिधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ । उपचार लगायत स्वास्थ्य सहयोग आवश्यक परे मोबाइल नम्बर ९८५१०९६०८९ सिधै सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई अनुरोध गरेको छ ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यको सो नम्बरमा फोन गरे उनले उपचार तथा स्वास्थ्य सहयोगका लागि जिल्लामा व्यवस्थापन मिलाउनेछन्। महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७र०१–४२६२२६८ को पनि व्यवस्था मिलाइएको छ। मन्त्रालयले बाढीपहिरो पीडितलाई सरुवा रोगको जोखिम हुने भएकाले यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन्।

मन्त्रालयले प्रभावित जिल्लाका लागि केन्द्रबाट उपचार तथा व्यवस्थापन संयोजक आजैबाट खटाएको छ। बाढीपहिरो पीडितलाई पानीजन्य रोग र खाद्यान्न अभावका कारण विभिन्न स्वास्थ्य समस्या निम्तने हुनाले मन्त्री पोखरेलले पानी शुद्धीकरण गर्न आकस्मिक अवस्थामा चाहिने औषधि सहित प्रभावित क्षेत्रमा संयोजक परिचालन गरेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...