बाढीपहिरो पीडितका लागि उपचार चाहिए ९८५१०९६०८९ मा सिधै फोन गरौ : मन्त्री पोखरेल



हाम्रो इकोनोमि

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बाढीपहिरो पीडितलाई स्वास्थ्यमा केही समस्या परे सिधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ । उपचार लगायत स्वास्थ्य सहयोग आवश्यक परे मोबाइल नम्बर ९८५१०९६०८९ सिधै सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई अनुरोध गरेको छ ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यको सो नम्बरमा फोन गरे उनले उपचार तथा स्वास्थ्य सहयोगका लागि जिल्लामा व्यवस्थापन मिलाउनेछन्। महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७र०१–४२६२२६८ को पनि व्यवस्था मिलाइएको छ। मन्त्रालयले बाढीपहिरो पीडितलाई सरुवा रोगको जोखिम हुने भएकाले यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन्।

मन्त्रालयले प्रभावित जिल्लाका लागि केन्द्रबाट उपचार तथा व्यवस्थापन संयोजक आजैबाट खटाएको छ। बाढीपहिरो पीडितलाई पानीजन्य रोग र खाद्यान्न अभावका कारण विभिन्न स्वास्थ्य समस्या निम्तने हुनाले मन्त्री पोखरेलले पानी शुद्धीकरण गर्न आकस्मिक अवस्थामा चाहिने औषधि सहित प्रभावित क्षेत्रमा संयोजक परिचालन गरेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...