आकस्मिक क्याबिनेट बस्दै,राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी



वाणिज्यमन्त्री मीन विश्वकर्माले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारीमा सरकार लागेको बताएका छन् ।
रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले मुलुक बाढी पहिरोको चेपेटामा परेका बेला सोचे जस्तो बिपद् व्यवस्थापन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेको बताए । उनले आजै ५ बजे बस्ने क्याबिनेटले त्यस्तो निर्णय गर्ने संकेत गरेका हुन्।

लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने उनले बताए । माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था देखिने भन्दै उनले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने बताए। निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने उनको भनाई थियो ।
कोशी ब्यारेजका केही ढोका खोल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै मन्त्री विश्वकर्माले सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नुपर्ने बताए ।वाणिज्यमन्त्री मीन विश्वकर्मा प्रधानमन्त्री देउवाका बिश्वाश पात्र हुन्।

प्रतिक्रिया दिनुहोस
कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट