सनकका भरमा पार्टी फुटाएका राणा यसरी डुब्दैछन्,कमल थापालाई हुने भयो हाई सन्चो



कमल थापालाई रीस देखाउन पार्टी फुटाएर नयाँ पार्टी बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई यतिबेला ‘चोक्टा खान गएी बुढी झोलमा डुबेर मरी’ झै भएको छ ।

साउन २२ गते आइतबार राप्रपाका बरिष्ठ नेता पशुपति समशेर राणाले हतारमा निर्वाचन आयोगमा पुगी नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । त्यसबेला पार्टी विभाजन गर्न ४० प्रतिशत संख्या पुगेको दावी गरिए पनि अहिले त्यो संख्या नपुग्दा हैरानी बेहोर्न बाध्य भएका छन् ।

साउन २२ मा राणाले ६४ जनाको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन दिए पनि सनाखत गर्नेहरुले धमाधम पहिलेको निर्णय फिर्ता लिन थालेपछि राणा समुह संकटमा परेको छ ।

निर्वाचन आयोगले आइतबार सनाखतका लागि राणालाई बोलाएको थियो । तर, शनिवार महाराजगञ्जस्थित निवासमा बसेको गोप्य बैठकले आइतवार सनाखत गर्न नजाने निर्णय गरेको छ । स्रोतहरुका अनुसार आइतवार सबै सनाखत गर्न नजाने तर, आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई भेटेर विरोध जनाउने निर्णय भएको छ ।

साँझ ६ बजेपछि सकिएको सो गोप्य बैठकमा दिपक बोहोरा, सुनीलबहादुर थापा, ध्रुवबहादुर प्रधान लगायतका केही नेताहरु मात्रै थिए । सो बैठकमा ४० प्रतिशत नपुग्ने भएपछि आयोगको आलोचना गरेको गरेको थियो ।

बैठकबारे तैचुप, मैचुप
सो बैठकमा सहभागी नेताहरुले बैठकबारे केही बोलेका छैनन् । शनिवार भएको बैठकका विषयमा जिज्ञासा राख्दा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पुशपति समशेर राणाले अहिले मिडियालाई बोल्नुपर्ने विषय केही नभएको बताएर पन्छिएका छन् ।

यता सो गोप्य बैठकमा सहभागी दिपक बोहोराले ११ बजेपछि फोन गर्नुस भन्दै केही बोल्न चाहेनन् । सुनीलबहादुर थापाले भने राणाको निवासमा जहिले पनि भेटघाट भइरहने र त्यसैको निरन्तरता भएको बताए । उनले भने, ‘हामी ४० प्रतिशत पु¥याउनेमा ढुक्क भएकाले आज निर्वाचन आयोग जान्छौ ।’

क्याम्प परिवर्तनले समस्या
साउन २२ मा राणा समुहले ६४ जनाको हस्ताक्षर बुझाएका थिए । तर, त्यसबेला बुझाइएका मध्ये पनि ८ जना सांसद केन्द्रिय सदस्य नरहेको र केही केन्द्रिय सदस्य काठमाडौंमा उपलब्ध थिएनन् । कमल थापाले त्यसैलाय इश्यु बनाएका छन् ।

त्यही भएर पनि साउन २२ मा बुझाइएको ६४ जनाको हस्ताक्षरमध्ये धेरैको हस्ताक्षर नक्कली भएको भन्दै अध्यक्ष कमल थापाले विरोध जनाउँदै आएका छन् । अध्यक्ष थापाले निर्वाचन आयोगले त्यसरी नक्कली हस्ताक्षरलाई मान्यता दिए सर्वाेच्च अदालत जाने धम्कीसमेत दिएका थिए ।

थापाको कुरालाई मलजल गर्नेगरी केही केन्द्रिय सदस्यले आफुले हस्ताक्षर नगरेको विज्ञप्ती नै जारी गरेका छन् । यसरी विज्ञप्ती जारी गर्नेमा दिलविकास राजभण्डारी, प्रहलाद प्रसाद शाहलगायत छन् ।

शुक्रबार दिलविकास राजभण्डारीले विज्ञप्ती जारी गर्दै आफुले २२ गते कुनै हस्ताक्षर नगरेको जनाएका छन् । उनले निशान न्युजसँग कुरा गर्दै आफु १८ दिनसम्म पोखरामा रहेको र त्यसबेला आफुले त्यसरी पार्टी विभाजन गर्न हस्ताक्षर नगरेको बताए ।

के हुन्छ त अब ?
राप्रपा विभाजन भएपछि अनेक शंका उपशंका भइरहेका छन् । त्यसमा पनि ४० प्रतिशत नपुग्दा संकटमा परेका राणाले राप्रपा नामलाई अगाडी वा पछाडी राख्न सक्लान कि नसक्लान् भन्ने प्रश्न उठेको छ ।

राप्रपालाई १६५ जनाको कार्यसमिति मध्ये राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको थियो । तर, त्यसबेला राणा समुहले ६४ जनाको मात्रै हस्ताक्षर बुझाएको थियो ।

पार्टी विभाजनका लागि राणालाई ६३ जना केन्द्रिय सदस्य आवश्यक पर्छ । तर, अहिले राणासँग ५६ जना मात्रै छन् । यस्तो अवस्थामा पार्टी विभाजन हुन सक्छ कि सक्दैन ? धेरैको चासोको विषय बनेको छ । निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा (३३) को उपदफा (२) मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ । गोपाल बराइलीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम