गृहमन्त्रालय भन्छ-बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो,कुन जिल्लामा कती?



हाम्रो इकोनोमि

केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।गृहमन्त्री जनार्दन शर्माले शनिबार पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले पुर्‍याएको क्षतिको जानकारी गराएका हुन् । उनले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखे पनि मौसम प्रतिकुल भएकाले पठाउन नसकिएको बताए । मौसममा सुधार आउनासाथ राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइने शर्माले बताए ।
गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोलीलाई प्रभावित क्षेत्रमा खट्नका लागि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...