क्याम्पसको होस्टेलमा विद्यार्थीको घाँटी रेटेर हत्या



महेन्द्रनगरको सिद्दनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको होस्टेलभित्रै हत्या भएको छ ।
स्नातक तह चौथो वर्षमा पढने बझाङ्गको सैनामबसेला गाउँपालिका २३ वर्षका डम्बरबहादुर जाग्रीको आज बिहान ८ बजेतिर क्याम्पसको होस्टेलभित्र हत्या भएको हो ।

बिहान क्याम्पस बाहिरको गेटमा चुरोट खाएर होस्टेल फर्किएका जाग्रीको त्यसको केही समयपछि हत्या भएको खबर आएको स्थानीय बासिन्दाले बताएका छन् । होस्टेलको तल्लो तलाको स्टोर कोठामा घाँटी काटिएको अवस्थामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा चक्कु फेला परेको छ ।
झाङ्ग घर भएका जाग्री गएको ४ वर्षदेखि सिद्दनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका थिए । जाग्री होस्टेलभित्र खानाको मेस समेत सञ्चालन गर्दै आएका थिए । जाग्रीको होस्टेलभित्रैका कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकोे छ । सिद्दनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष जाग्रीलाई चारदिन अघि बसेको बैठकबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक जिम्मेवारी पनि दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय