खनालले भने- देउवा र प्रचण्डको हावा खुस्कियो, राजपालाई किन बोक्दैछन काँधमा?



नेकपा एमालेका नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान कार्यान्वयन भएको बताउँदै संशोधनको पक्षमा एमाले नजाने बताएका छन् । आम नेपाली पनि संबिधान संसोधनको बिरोधमा भएकाले त्यो सम्भब नहुने खनालको तर्क छ।

केहि नेताले एमाले पनि संसोधनको पक्षमा आउछ भन्ने कुराको खण्डन गर्दै खनालले भने, “हामी संविधान संशोधनको पक्षमा खडा हुँदैनौँ ।” संविधान संशोधनका प्रस्ताव संसदमा पेश गर्ने सरकारको तयारीलाई खनालले सत्तारुढ दलको राजनीतिक खेलको संज्ञा दिएका छन् । नेकपा एमालेले संविधान संशोधनमा अवरोध गर्यो भन्ने सन्देश मधेशमा पुर्याउनका लागि खेल खेलिएको तर्क समेत खनालले गरेका छन् ।

“२–४ वटा मत पट्याउन सकिन्छ कि भन्ने अत्यन्त बदनियतपूर्ण तरिकाले आएको कुरा हो । त्यसमा हामीलाई मतलब छैन ।” खनालले भने । राजपाका नेताहरुलाई निर्वाचनमा भाग लिनका लागि काँधमा काँध मिलाएर जान आग्रह गर्दै नेता खनालले पास नहुने संविधान संशोधनको प्रस्ताव संसदमा लैजान आवश्यक नै नरहेको बताए । उनले थपे “दुई तिहाई पुर्याउने रणनीति हावा खाइसक्यो ।”

सत्तारुढ दलहरुले नेकपा एमालेका विरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै उक्त कुरा जनताले राम्रोसँग बुझ्ने र सोही अनुसार मतदान गर्ने खनालको दाबी छ ।
संघीय संसद नबन्दै संविधान संशोधन गर्नु संविधानको मर्म विपरित हुने तर्क खनालले गरेका छन् ।
संविधान संशोधनका लागि देशविदेशबाट दबाब आएको आरोप लगाउँदै खनालले दबाब दिने सबै पक्षले संघीय संसद नभएसम्म धैर्यता राख्नुपर्ने बताए ।
खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई संधिवान संशोधनका लागि दुई तिहाई बहुमत पु¥याउन चुनौति समेत दिएका छन् । उनले भने, “अहिले प्रधानमन्त्रीले भनेर केही हुनेवाला छैन ।”

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम