खनालले भने- देउवा र प्रचण्डको हावा खुस्कियो, राजपालाई किन बोक्दैछन काँधमा?



हाम्रो इकोनोमि

नेकपा एमालेका नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान कार्यान्वयन भएको बताउँदै संशोधनको पक्षमा एमाले नजाने बताएका छन् । आम नेपाली पनि संबिधान संसोधनको बिरोधमा भएकाले त्यो सम्भब नहुने खनालको तर्क छ।

केहि नेताले एमाले पनि संसोधनको पक्षमा आउछ भन्ने कुराको खण्डन गर्दै खनालले भने, “हामी संविधान संशोधनको पक्षमा खडा हुँदैनौँ ।” संविधान संशोधनका प्रस्ताव संसदमा पेश गर्ने सरकारको तयारीलाई खनालले सत्तारुढ दलको राजनीतिक खेलको संज्ञा दिएका छन् । नेकपा एमालेले संविधान संशोधनमा अवरोध गर्यो भन्ने सन्देश मधेशमा पुर्याउनका लागि खेल खेलिएको तर्क समेत खनालले गरेका छन् ।

“२–४ वटा मत पट्याउन सकिन्छ कि भन्ने अत्यन्त बदनियतपूर्ण तरिकाले आएको कुरा हो । त्यसमा हामीलाई मतलब छैन ।” खनालले भने । राजपाका नेताहरुलाई निर्वाचनमा भाग लिनका लागि काँधमा काँध मिलाएर जान आग्रह गर्दै नेता खनालले पास नहुने संविधान संशोधनको प्रस्ताव संसदमा लैजान आवश्यक नै नरहेको बताए । उनले थपे “दुई तिहाई पुर्याउने रणनीति हावा खाइसक्यो ।”

सत्तारुढ दलहरुले नेकपा एमालेका विरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै उक्त कुरा जनताले राम्रोसँग बुझ्ने र सोही अनुसार मतदान गर्ने खनालको दाबी छ ।
संघीय संसद नबन्दै संविधान संशोधन गर्नु संविधानको मर्म विपरित हुने तर्क खनालले गरेका छन् ।
संविधान संशोधनका लागि देशविदेशबाट दबाब आएको आरोप लगाउँदै खनालले दबाब दिने सबै पक्षले संघीय संसद नभएसम्म धैर्यता राख्नुपर्ने बताए ।
खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई संधिवान संशोधनका लागि दुई तिहाई बहुमत पु¥याउन चुनौति समेत दिएका छन् । उनले भने, “अहिले प्रधानमन्त्रीले भनेर केही हुनेवाला छैन ।”

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...