दलालले न्यायाधीश संग सेटिंग मिलाए पछी चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश



हाम्रो इकोनोमि

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । बाँकी मुद्दा विशेष अदालतले हेर्ने गरि उनलाई थुनामुक्त गर्न आदेश दिइएको हो । सर्वोच्च अदालतको पूर्ण इजलासले यस्तो आदेश दिएपछि उनी अब थुनामुक्त भएर मुद्दा लड्न पाउने भएका छन् ।टेकु प्रहरीको हिरासतमा रहेका उनी आदेश संगै मुक्त हुने भएका छन।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, श्री केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई सर्वोच्चले यस अघि अख्तियारको थुनाबाट प्रहरीको हिरासतमा पठाएको थियो । जोशी लाई नारायण दाहाल नाम गरेका दलालले केहि दिन पहिले भेटेका थिए।

कर फस्र्योट आयोग मार्फत कर छुट दिँदा भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई हिरासतमा लिएको थियो । अख्तियारले कर फस्र्योट आयोगका अन्य दुई जना सदस्यलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न खाजेको थियो । तर उनीहरू भागेर अमेरिका पुगेका छन् ।
शर्मालाई अख्तियारले समातेपछि शर्माकी पत्नीले आफ्ना पतिलाई गैह्र कानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट होलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...