नेपाली राजनीतिमा युवा आरक्षण



 

चन्द्र भुषण साह

हरेक नीतिको मुल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ तर यो हाम्रो देशको कटु यथार्थ हो  किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मुल संगठनमा युवाहरुको उच्च नेतृत्व र निर्णय तहसम्म पहुँच लगभग शुन्य छ भन्दा खासै आपति नहोला   बिगत देखि वर्तमान सम्म देशका हरेक राजनीतिक परिवर्तनको आन्दोलनहरुमा नेतृत्वदायी सक्रिय सहभागिता देखि बलिदानीमा समेत युवा शक्ति परिवर्तनको मुल सम्बाहकको रुपमा आफ्नो भूमिका अग्रपंक्तिमा दर्ज गराएका छन तर परिवर्तित अवस्थाको व्यवस्थापक युवा नै भएको उदहारण विरलै पाईन्छ चाहे त्यो क्रान्तिकारी आन्दोलन अधिकार, पहिचान, बिकाश र समृद्धि जे सुकै को नाममा किन नहोश

वर्तमान समयमा नेपालमा आरक्षण शब्द संग नै एलर्जी हुने विद्वान, सामन्ती र शोषक मित्रहरुलाई भन्नु खासै केहि छैन तर काम गर्ने कालु मकै खाने भालु भन्या जस्तैस् रास्ट्रका सच्चा पहरेदार, परिवर्तनका हिम्मायती, जोश र जागरले भरिपूर्ण, क्रियाशील, आधुनिकीकरणलाई अंगाल्न सक्ने र भविष्यलाई नयाँ सोच र कार्य दिशा प्रदान गर्न सक्ने देशको अग्रगमनकोलागि कुल क्रियाशील जनसंख्याको लगभग ८५५ भन्दा बढी रहेको उर्वर युवा शक्तिलाई रास्ट्र निर्माणको मुल प्रवाहमा नल्याई उज्ज्वल भविष्यको परिकल्पना गर्नु मुस्किल मात्र हैन लगभग असम्भव नै देखिन्छ

 

नेपालमा अध्यक्षमुखी राजनीतिक पार्टी, जन वर्गीय संगठनको रुपमा युवाको प्रयोग र विगतदेखि वर्तमानसम्मको संसदीय अभ्यासलाई नजिकबाट बिचारगर्दा रास्ट्रको माथिलो९उच्च० ओहदामा जस्तैः रास्ट्रपति, प्रधानमन्त्री, मन्त्रि, सभामुख, संसद।।। जस्ता गरिमामय, जिम्मेवार, अधिकार सम्पन्न, अर्थपूर्ण र प्रभावशालि क्रियाशील पदहरुमा युवालाई खुलेआम घोषितरुपमा नै निषेध गरेको तितो यथार्थ हामी समू छरपस्ट नै छ   पछ्छिला केहि बर्ष यता तुलनात्मकरुपमा झिनो युवाको सहभागितामा भएको अभिबृद्धिको मुख्य कारण बिभिन्न आन्दोलनहरुको माग, चर्को जनदबाब, युवाहरुको सोच्च र कार्यशैली प्रतिकोबढदो लोकप्रियेता र जनविश्वास र पार्टीहरुको संगठन निर्माणमा भएको विवसतालाई सकरात्मक सुरुवातको रुपमा भने लिन सकिन्छ तर यसबाट सन्तुष्ट भने कदापी हुन मिल्दैन

 

नेपाली राजनीतिमा युवा आरक्षणको आवस्यकता महसुस् हुनुको मुख्य कारण भने हाम्रो पुराना परम्परागत सोच चिन्तन र अभ्यासको फलस्वरुप उत्पन्न वास्तविक समाजिक र राजनीतिक परिस्थिति र घोषित तथा अघोषित राजनीतिक निषेध नै रहेको पाइन्छ   किनभने, हाम्रो परम्परागत सोच चिन्तनको अभ्यास भएको समाजमा युवालाई एउटा अदक्ष, कमसल कमजोर, पिछ्लागु, अपरिपक्व, होश नभएको, सोझोरतुच्छ जनावर, भेडा र बाँदर अनुकुलता अनुसारको संज्ञा दिई युवामा त्रास र चिन्ता पैदागारी युवाको सोच चिन्तन, शक्ति र सामर्थ्यलाई मोनोपोलाईजेशनगरी सङ्कुचित र कमजोर बनाईन्छ ्र तर वास्तविकतामा त्यसको ठिक विपरीत केहि अपवाद बाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्नो जीवनको उदेश्यको सोच युवा अवस्थामा नै तय गरेको तथा केहि प्रतिकुल अवस्थाको वावजुदपनि नयाँपनाको प्रयोग गरी केहि युवा उदहारणीय कार्य बाट विश्वलाई चकित तुल्याउन सफल भएका छनभने, केहि युवा समाजको मोनोपोलईजेशन, साथ(सहयोग(सदभाव र विश्वासको कमिले गर्दा पछिलो समयसम्मको निरन्तरताले आफूलाई बुढेसकालमा सहि साबित गर्ने सफल भएकाछन् भने, केहि युवा पुर्णरुपमा मोनोपोलईजेशनमा परि आफ्नो नविन सोच र सामर्थ्यको भ्रुण हत्या गर्न बाध्य भएको अतितलाई समाजले खासै लेखाजोखा राख्ने नगरेको कुण्ठित यथार्थ हामी सम्मु छ

 

उदहारणकालागि हाल नेपाल लगयत विश्वका केहि अवसर पाएका वास्तविक युवा नेता र उद्यमीलाईमात्र लिएतापनि तिनीहरुले आफ्नो कार्यप्रतिको लगाव, ईमान्दारिता, रास्ट्र प्रेम, सह(अस्तित्व, सदाचार र सदभाव, आधुनिकीकरणको प्रयोग, आफ्नो सोचमा आफ्नै नेतृत्वदायी भूमिकाको अवसर र नयाँपनको कारण युवा उमेरमै उदहारणको रुपमा स्थापित हुन सफल भएका छन् ्र जस्तैः गगन थापा नेपाली काँग्रेस, प्रभु साह मावोबादी केन्द्र , राज किशोर यादव रा।ज।पा। गोकर्ण बिष्ट नेकपा एमाले, मार्क जुकरबर्ग फेसबुक, स्टेभ जेभ्स एप्पल ….आदि इत्यादि
यसो भन्दैगर्दा बृद्धहरुको योगदानलाई भने अवमूल्यन गर्ने मिल्दैन किनभने, आजको कुनै पनि अविस्कार र उपलब्धि विगतको संचित उपलब्धिहरुमथिको एउटा थपरअतिरिक्त उपलब्धि हो  किनभने २१औं सताब्दीको विश्व प्रशिद्ध व्यक्तित्वहरुको जन्म ५औं शताब्दीमा भएको भए यही स्तरको अविस्काररपरिवर्तन गर्ने असक्षम हुन्थेहोला ठिक त्यसै अनुसार आजको युवा आफ्ना अग्रजहरुको औला समातेर हिड्न सिकेका कारण उहाँहरुमा रहेका बिध्यमान गुण(विशेषता, कार्य कुशलता, अतीतका अनुभव, सोच र चिन्तनका बारेमा जानकार भइसकेको छन् र थप नयाँपना तथा आधुनिकीकरणसंगको अभ्यास बिचको अनुपम संयोगिक योगबाट भविष्यलाई नयाँ कार्यदिशा प्रदान गर्नसक्ने क्षमता र विचारको भण्डारको रुपमा नेपाली राजनीतिमा युवा आरक्षणको माध्यमले युवाको शक्ति र सामर्थ्यको यथोचित सदुपयोग गर्न सकिन्छ ्र

नेपाली राजनीतिलाई थप कार्यक्रममुखी (क्रियाशील) बनाउनको निम्ति, युवा जमातलाई अपनत्व९आफ्नोपन० महशुस गराउनको निम्ति तथा युवाको भावना र कुशल विचारको माध्यमले युवाको भविष्य युवाकै हातबाट सुन्दर, सबल र सशक्त बनाउनकालागि समेत यसको अपरिहार्यता छ  किनभने, राजनीतिकमा युवाहरुको आधुनिकीकरणको प्रयोग जस्तैः अंक गणितीय, तथ्यांकशास्त्रीय, ज्यामितीय तथा अन्य बैगानिक उपकरणहरुको प्रयोगले केहि हदसम्म अनिश्चिततामा निश्चितता प्रदान गर्न तथा राजनीतिकप्रतिको समाजिक मोह र आदर्शलाई माथी उठाउनकालागि समेत यसको आवश्यकता देखिन्छ ्र वर्तमान राजनीतिक परिस्थिति र पृष्ठभूमिलाई मध्य नजर गर्ने हो भने राजनीतिक रुपमा मोनोपोलाईज् र सङ्कुचनमा परेका, अर्थिक रुपमा कमजोर, समाजमा क्षमताप्रतिको आशंका, घृणित खेलको रुपमा स्थापित राजनीतिप्रतिको युवा आदर्श र धारणा, अभिभावकको अपेक्षा र चलेको चलन जस्ता आधारभूत कारणलेगर्दा आम युवालाई बिना आरक्षण राजनीतिमा न्यायोचित सहभागिता केहि बर्षसम्मकोलागि लगभग असम्भव नै देखिन्छ   त्यसकारण, आज र अहिलेबाट यस पुनित कार्यमा तपाई हामी लगायत देशको सम्पूर्ण राजनीतिक दल पार्टी र व्यक्ति , निर्वाचन आयोग, बिभिन्न संघसंस्था, बुद्धिजिबी, नागरिक समाज, पत्रकार लगायतका सरोकारवाला सम्पूर्णले व्यक्ति तथा निकायहरुले नेपाली राजनीतिमा युवा आरक्षण विषयमा ईमान्दारिता पुर्वक खुलेर बहस प्रारम्भगरी यसको न्यायोचित, व्यवहारिक एवम् बैज्ञानिक प्रयोगमाथि जोड दिने बेला भएको छ  किनभने, मुख्यतः बृद्धको अनुभव र युवाको आँकलन तथा बृद्धको होश र युवाको जोश बिचको शक्ति सन्तुलनको निम्ति समेत वर्तमान राजनीतिमा युवाहरुको उच्च नेत्रित्व र निर्णय शक्ति केन्द्रहरुमा पहुँच आवश्यक देखिन्छ

प्रतिक्रिया दिनुहोस
फेरी मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् बिहीबार राष्ट्रिय

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

एसईई परीक्षा सुरु

  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७