ओलीलाई देउवाले भने तपाईं प्रधानमन्त्री बन्नुस्



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्न–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ । देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् । यद्यपि एमाले र कांग्रेसका शीर्ष नेताहरूले बालकोट भेटबारे धेरै खुलेर बताएका छैनन् । सोमबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा नेताहरूले देउवासँग एमाले अध्यक्षसँग भएको भेटबारे सोधीखोजी गरेका थिए । सुरुमा देउवाले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे मात्र छलफल भएको बताएका थिए । तर बैठकको अन्त्यमा पनि केही संकेत गरे । कांग्रेस–माओवादी गठबन्धन भएको बेला आफूले एमाले अध्यक्ष ओलीसँग किन दुरी राखेको भनेर स्पष्टीकरण दिए । तर अहिले प्रधानमन्त्री प्रचण्डले नै धोका दिएकाले अब आफूलाई पनि ओलीसँग सम्वाद अगाडि बढाउन आफूलाई समस्या नभएको बताए । सौहादपूर्ण कुराकानी भएको भन्दै उनले भनेका छन्, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’ देउवा निकट स्रोतका अनुसार देउवा र ओलीको सम्वाद त्यतिमा मात्र सीमित छैन । देउवाले औपचारिक रूपमै आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेका छन्, त्यसमा एमाले अध्यक्ष ओली पनि सकारात्मक छन् । यद्यपि औपचारिक सहमतिको प्रक्रियाहरू पूरा गर्न बाँकी रहेको नेताहरू बताउँछन् । कांग्रेस निकट स्रोत भन्छ, ‘कांग्रेस र एमाले सहकार्य सहितको प्रतिस्पर्धाको बाटोमा जान सहमत भएका छन् । सम्भवत भरेभोलिमा थप प्रष्ट होला ।’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...