ओलीलाई देउवाले भने तपाईं प्रधानमन्त्री बन्नुस्



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्न–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ । देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् । यद्यपि एमाले र कांग्रेसका शीर्ष नेताहरूले बालकोट भेटबारे धेरै खुलेर बताएका छैनन् । सोमबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा नेताहरूले देउवासँग एमाले अध्यक्षसँग भएको भेटबारे सोधीखोजी गरेका थिए । सुरुमा देउवाले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे मात्र छलफल भएको बताएका थिए । तर बैठकको अन्त्यमा पनि केही संकेत गरे । कांग्रेस–माओवादी गठबन्धन भएको बेला आफूले एमाले अध्यक्ष ओलीसँग किन दुरी राखेको भनेर स्पष्टीकरण दिए । तर अहिले प्रधानमन्त्री प्रचण्डले नै धोका दिएकाले अब आफूलाई पनि ओलीसँग सम्वाद अगाडि बढाउन आफूलाई समस्या नभएको बताए । सौहादपूर्ण कुराकानी भएको भन्दै उनले भनेका छन्, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’ देउवा निकट स्रोतका अनुसार देउवा र ओलीको सम्वाद त्यतिमा मात्र सीमित छैन । देउवाले औपचारिक रूपमै आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेका छन्, त्यसमा एमाले अध्यक्ष ओली पनि सकारात्मक छन् । यद्यपि औपचारिक सहमतिको प्रक्रियाहरू पूरा गर्न बाँकी रहेको नेताहरू बताउँछन् । कांग्रेस निकट स्रोत भन्छ, ‘कांग्रेस र एमाले सहकार्य सहितको प्रतिस्पर्धाको बाटोमा जान सहमत भएका छन् । सम्भवत भरेभोलिमा थप प्रष्ट होला ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

गीताप्रेस नेपाल स्थापनाको १० वर्षमा प्रवेश

    गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सवको अवसरमा आयोजित श्रीलिङ्गमहापुराण र