सरकारी कागजात किर्ते अभियुक्त जेल चलान



हाम्रो इकोनोमि

भीमदत्तनगर । सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा पठाइएको छ ।

जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई रु २५ लाख धरौटीमा छाड्न आदेश दिएपछि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार अभियुक्त श्रेष्ठलाई धरौटीमा छाडे पनि भन्सार ठगीमा कारबाहीका लागि समेत राय उक्त मुद्दामा पेश गरिएको छ ।

‘रु २५ लाख तिर्न नसकेर पूर्पक्षका लागि श्रेष्ठ कारागार पुगे ।’ प्रहरी स्रोतले भन्यो–‘धरौटी बुझाएर छुटेपनि भन्सार कार्यालयले कारबाही चलाउँछ ।’

अभियुक्त श्रेष्ठले भारतबाट चोरीका सवारी साधन आयात गरी भीमदत्तनगर र धनगढीमा रहेका महाकाली एंव सेती अञ्चल यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका थिए ।

श्रेष्ठले किर्ते गरी किनबेच गरेका नौ थान जिप÷कार र ३६ वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेका छन् । बरामद गरिएका ती सबै सवारी साधन आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अभियुक्त श्रेष्ठबाट सवारी साधन खरिद गर्नेहरु भने पीडित बनेका छन् । खरिदकर्ताहरुको लाखौं रकम डुबेको छ । भन्सार लिलाम कागजात किर्ते लगायतका कागजात बनाएर सवारी साधन दर्ता गरी बिक्री गर्दै आएका श्रेष्ठबारे सवारी साधन अञ्चलीकरण गर्ने क्रममा सोको रहस्य बाहिर आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...