चीनमा फेरि भूकम्प



हाम्रो इकोनोमि

बेइजिङ । दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ । चिनियाँ भूकम्प सञ्जाल केन्द्रले शुक्रबार सो जानकारी दिएको छ ।

यस भूकम्पको विस्तृत विवरण र क्षति सम्बन्धि कुनै समाचार भने हालसम्म प्राप्त भएको छैन ।
यस अघि गत मङ्गलबार रातिमात्र पनि चीनमा ७.० र ६.३ म्याग्नीच्युडका दुई वटा शक्तिशाली भूकम्पको धक्का आएको थियो ।

दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा गत मङ्गलबार राति गएको भूकम्पमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी ४३१ जना घाइते भएका थिए ।

कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम अझै पनि जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यसैबीच सिचुवान क्षेत्र पर्टकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । त्यहाँबाट ६० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...