ओली र स्वराजबीच ‘वान टू वान’ वार्ता,ओली आफु पग्लिए की स्वराजलाई पगाले?



भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग एमाले अध्यक्ष केपी ओलीलेबिग्रिएको सम्बन्ध सुधारका लागि आग्रह गरेका छन् ।र नया चरण बाट सम्बन्ध राख्न पनि अनुरोध गरेका छ।
आज ओली र स्वराजबीच राजधानीको एक होटेलमा भएको गोप्य भेटवार्तामा सम्बन्ध सुधारका विषयमाकेन्द्रित रहेर कुराकानी भएको समाचार स्रोतले जनाएको छ । झण्डै एकघण्टा ओली र स्वराजबीच ‘वान टू वान’ वार्ता भएको थियो । एमाले लाइ भारतले पछिल्ला दिनमा भाउ दिदै आएको छ।
नाकाबन्दीका बेलादेखि बिग्रिएको ओली र भारतको सम्बन्धलाई सुधारका लागि एमालेका नेताहरूले अनेक प्रयासहरू गरिरहेका छन् । तर, सम्बन्ध सुधार हुनुको साटो बिग्रदै गएको छ ।
ओलीको आग्रहपछि विदेशमन्त्री स्वराजले आफू नयाँदिल्ली फिर्ता भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने आश्वासन दिएकी छिन् । ‘केपी ओलीले एमाले र भारतबीचको सम्बन्ध सुधारका लागि आग्रह गर्नुभएको छ’, एमाले निकट एक नेताले भने, ‘जवाफमा सुष्मा स्वराजले नरेन्द्र मोदीसँग यस विषयमा सल्लाह गर्ने आश्वासन दिनुभएको छ ।’यसैबीच, केपी ओली पार्टीको कार्यक्रममा भाग लिन शुक्रबार मुस्ताङ जाँदै छन् । मुस्ताङ जानु पर्ने भएका कारण स्वराजको स्वागतमा भारतीय दूतावास लैनचौरमा आयोजित भोजमा आफू सहभागी हुन नसक्ने तर, दोस्रो तहका नेताहरूलाई पठाउने सन्देश पठाएको उच्च स्रोतले बतायो । एमालेका अर्का नेता माधब नेपाल आजै उत्तर कोरिया जादै छन।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम