ओली र स्वराजबीच ‘वान टू वान’ वार्ता,ओली आफु पग्लिए की स्वराजलाई पगाले?



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग एमाले अध्यक्ष केपी ओलीलेबिग्रिएको सम्बन्ध सुधारका लागि आग्रह गरेका छन् ।र नया चरण बाट सम्बन्ध राख्न पनि अनुरोध गरेका छ।
आज ओली र स्वराजबीच राजधानीको एक होटेलमा भएको गोप्य भेटवार्तामा सम्बन्ध सुधारका विषयमाकेन्द्रित रहेर कुराकानी भएको समाचार स्रोतले जनाएको छ । झण्डै एकघण्टा ओली र स्वराजबीच ‘वान टू वान’ वार्ता भएको थियो । एमाले लाइ भारतले पछिल्ला दिनमा भाउ दिदै आएको छ।
नाकाबन्दीका बेलादेखि बिग्रिएको ओली र भारतको सम्बन्धलाई सुधारका लागि एमालेका नेताहरूले अनेक प्रयासहरू गरिरहेका छन् । तर, सम्बन्ध सुधार हुनुको साटो बिग्रदै गएको छ ।
ओलीको आग्रहपछि विदेशमन्त्री स्वराजले आफू नयाँदिल्ली फिर्ता भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने आश्वासन दिएकी छिन् । ‘केपी ओलीले एमाले र भारतबीचको सम्बन्ध सुधारका लागि आग्रह गर्नुभएको छ’, एमाले निकट एक नेताले भने, ‘जवाफमा सुष्मा स्वराजले नरेन्द्र मोदीसँग यस विषयमा सल्लाह गर्ने आश्वासन दिनुभएको छ ।’यसैबीच, केपी ओली पार्टीको कार्यक्रममा भाग लिन शुक्रबार मुस्ताङ जाँदै छन् । मुस्ताङ जानु पर्ने भएका कारण स्वराजको स्वागतमा भारतीय दूतावास लैनचौरमा आयोजित भोजमा आफू सहभागी हुन नसक्ने तर, दोस्रो तहका नेताहरूलाई पठाउने सन्देश पठाएको उच्च स्रोतले बतायो । एमालेका अर्का नेता माधब नेपाल आजै उत्तर कोरिया जादै छन।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...