प्रदेश नं २ को निर्वाचनमा एमालेका केन्द्रीय नेता परिचालन



काठमाडौँ  । नेकपा (एमाले) ले प्रदेश नं २ का लागि हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीका केन्द्रीय नेताहरुलाई परिचालन गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश नं २ का आठवटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै अहिलेसम्मको परिचालन उत्साहजनक भएको ठहर गरेको छ ।

पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिअनुसार ती जिल्लामा एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तक्र्रियालगायत गतिविधि तीव्र ढङ्गले अगाडि बढिरहेको जनाइएको छ । आगामी असोज २ गते सो प्रदेशमा स्थानीय निर्वाचन हुँदैछ ।

बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधि, मोर्चा संगठनका नेतालगायतलाई प्रदेश नं २ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णय गरेको छ । ‘प्रदेश नं २ का सबै पार्टी कमिटी, जनसंगठन, पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
न्यायालयलाई गठबन्धनको विभाग जस्तो बनाउन खोजियो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो

हिंसा थालेको दिन जनयुद्ध दिवस हुन सक्दैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको

राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि ओलीको प्रश्न

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)